शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शरीरमा यस्ता निशान देखिए नगर्नुहोस् बेवास्ता, क्यान्सरको हुनसक्छ संकेत

सोमबार, १३ पुस २०७७, ०७ : ५२
सोमबार, १३ पुस २०७७

मेलानोमा, बेसल सेल कार्किनोमा र स्क्वामस सेल कार्किनोमा जस्ता छालाको क्यान्सर धेरैजसो तपाईंको छालामा देखिने अनावश्यक परिवर्तनसहित सुरु हुन्छ । छालामा यस्तो प्रकारको परिवर्तन क्यान्सर हुँदैन, तर क्यान्सरको कारण भने बन्न सक्छन् । एक अनुमानका अनुसार गोरो छाला भएका करिब ६५ वर्षको उमेरका ४० देखि ५० प्रतिशत मानिसहरुमा क्यान्सरको खतरा बढी हुन्छ । त्यसैले छालामा देखिने कुनै पनि दागधब्बालाई नजरअन्दाज नगर्नुहोस् । यदि स्किन क्यान्सरलाई सुरुवाती स्टेजमा नै नरोकिए स्थिती थप खराब हुनसक्छ । 

एक्टोनिका केराटोसिसः

शरीरमा यी स–साना धब्बा सूर्यको किरणको अत्यधिक सम्पर्कमा रहँदा हुनसक्छ । यस्ता दाग हाम्रो टाउको, नाक, हात वा शरीरको कुनै पनि अंगमा हुनसक्छ । यद्यपि, यस्तो दागले कति समयपछि क्यान्सरको रुपमा धारण गर्छ, त्यो बताउन भने मुश्किल छ ।  यसको सम्भावना त निकै कम हुन्छ तर डाक्टरले यसको परीक्षण गराउन सल्लाह दिन्छन् । गोरो छाला, रातो कपाल र निलो–हरियो आँखा भएकाहरुमा यसको खतराको सम्भावना बढी रहन्छ । 

एक्टिनिक चेइलिटिसः

एक्टिनिक शिलाइटिस पनि  छालाको क्यान्सरको सुरुवाती स्थिती हुनसक्छ । यसमा साधारणतया तल्लो ओठमा घाउ आउने गर्छ । कसैको ओठ सुन्निने हुन्छ भने छालाको शार्प बोर्डर र लिप लाइनमा पनि यसको असर पर्नसक्छ । यदि समयमा नै उपचार नभए एक्टिनिक चेइलिटिस खतरनाक स्क्वेमस सेल कार्सिनोमाको रुप लिनसक्छ । 

क्युटेनियस हर्नः

क्यूटेनियस हर्न छालामा निकै कडा गरी आउँछ  । यसले तल्लो सतह रातो हुन्छ । यो केराटिनले बनेको हुन्छ । त्यहि प्रोटिन जसले हाम्रो नङ बन्छ । यो एक्टिनिक केराटिनको एउटा विशेष प्रकार हो । हुन त यसको आकार, प्रकार जुनसुकै हुन सक्छ तर धेरैजसो अवस्थामा यसको लम्बाई मिलिमिटरमा हुन्छ । यसको आधारमा स्क्वेमस सेल कार्किनोमा पाइन्छ । सूर्यको किरणको सिधा सम्पर्कमा आउने गोरो छालामा यस्तो सम्स्या बढी हुन्छ । 

कोठीः

शरीरमा देखिने कोठीमा विभिन्न प्रकारको परिवर्तन आउनु सामान्य होइन । यस्तो प्रकारको समस्याले छालाको समस्या निम्त्याउने गर्छ । यस्तो परिवर्तन एक समयपछि मेलानोमा क्यान्सरको कारण बन्न सक्छ । छालाको क्यान्सरमा परिवर्तन हुने कोठी धेरैजसो अनियमित आकारका हुन्छन् । यो कुनै पनि रङ्गको हुनसक्छन् । यसको आकार कुनै पेन्सिल इरेजरजस्तो ठूलो हुनसक्छ । 
डाइप्लास्टिक नेवीः

डाइप्लास्टिक नेवीः

शरीरमा जन्मजात नै देखिने कोठी क्यान्सर हुँदैनन् तर यो क्यान्सर बन्न सक्छ । सूर्यको सम्पर्कमा सबैभन्दा बढी वा कम आउने अंगमा यसको सम्भावना बढी रहन्छ । यो आकारमा निकै ठूलो र अनियमित हुनसक्छन् जसको रेखा केही धमिलो देखिने गर्छ । यो गुलाबी, रातो वा खैरो रङको हुनसक्छ । 

कहिले लिने डाक्टरको सल्लाहः

हुन त शरीरमा कोठी हुनु निकै सामान्य कुरा हो । तर यदि कोठीको आकार अनियमित हुन थाल्छ भने छाला रोग विशेषज्ञसँग यसको उपचार गराउन आवश्यक छ । 

रङमा ध्यान दिनुहोस्ः

कोठीमा यदि क्यान्सर भएको छ भने यो सधैं एउटै रङको हुँदैन । यसको रङ परिवर्तन भइरहन्छ । यो रातो, खैरो, निलो, सेतो वा कुनै पनि रङको हुनसक्छ । जबकी एक सामान्य कोठी सधैं एउटै रङको हुन्छ । कोठीको असामान्य आकार र रङ फेरिरहन्छ भने डाक्टरलाई कुनै पनि हालतमा देखाउनुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप