बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

५५ वर्ष पुगे सलमान, यी ६ महिलासँग रह्यो प्रेम

आइतबार, १२ पुस २०७७, १३ : १२
आइतबार, १२ पुस २०७७

मुम्बई । बलिउड सुपरस्टार सलमान खान आज ५५औं जन्मदिन सेलिब्रेसन गर्दैछन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ । सलमानले बलिउडका कयौ अभिनेत्रीसँग डेट गरेको छन् । तर, विवाह भने कसैसँग पनि भएको छैन । सलमानको प्रेम रहेको ६ महिला जसको चर्चा यहाँ गर्न खोजिएको छ ।

शहीन जाफरी :


शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । सलमान जव १६ वर्षका थिए । त्यही समय शहीनको प्रेममा थिए । यी दुबैको विवाहसँग कुरा पुगेको थियो । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भयो । सोही कारणले विवाह हुन सकेन ।

संगीता बिजलानी :


संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् । दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो ।

सोमी अली :

सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो । फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग फिदा भएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो ।

ऐश्वर्या राय :

सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्काेलाई मन पराएका थिए । एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए ।  उक्त कारणले ऐश्वर्या रिसाएर सलमानलाई ब्रेकअप दिएकी थिइन् ।

कट्रीना कैफ:

सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो । सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो ।

युलिया वन्तूर :

सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप