शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरुषले बेवास्ता नगर्नुहोस् यी ८ लक्षण, हुनसक्छ मधुमेहको खतरा

शुक्रबार, १० पुस २०७७, ०८ : ०५
शुक्रबार, १० पुस २०७७

मधुमेह अब एक साधारण रोग बनिसकेको छ । थोरै लापरवाहीले पनि मानिसहरु सजिलै यसको चपेटमा आउन सक्छन् । धेरैजसो मानिसहरुलाई लाग्न सक्छ कि मधुमेह एक उमेरपछि हुने गर्छ जबकि यस्तो होइन । हामीमध्ये धेरैलाई मधुमेह हुन्छ तर ध्यान नदिएका कारण सही समयमा यसको पहिचान गर्न सकिँदैन, जसको परिणाम गम्भीर हुनसक्छ । पुरुषमा यसको लक्षण केही खास हुन्छन् । आउनुहोस्, यसबारे जानकारी लिऔं । 

इरेक्टाइल डिसफंक्सनः

ब्लड सुगर बढेका कारण धमनीहरुमा क्षती पुग्छ जसका कारण पुरुषमा इरेक्टाइल डिसफंक्सन हुन थाल्छ । जर्नल अफ इन्टरनेशनल मेडिकल रिसर्चको एक अनुसन्धानमा पाइए अनुसार ८९ प्रतिशत पुरुष मेटाबोलिक सिन्ड्रोमका कारण इरेक्टाइल डिसफंक्सनको अनुभव गर्छन् । यो मधुमेहको सबैभन्दा सुरुवाती संकेत हुनसक्छ । यदि तपाईंमा पनि यस्तो कुनै समस्या छ भने आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोस् । 

बारम्बार पिसाब लाग्नुः

बारम्बार पिसाब लाग्नुपनि मुधेमहको एक संकेत हो । दिउँसो पिसाब लागिरहने कारण विभिन्न हुनसक्छन् तर तपाईंलाई हरेक २ घण्टामा राती पिसाब लागिरहन्छ भने तपाईंले यसमा ध्यान दिनुपर्ने हुन्छ । स्वास्थ्य विज्ञका अनुसार पुरुषमा प्रोस्टेट बढ्ने भएका कारण यस्तो समस्या आउने गर्छ । 

यिस्ट इन्फेक्सनः

यिस्ट इन्फेक्सनका कारण पनि पुरुषलाई मधुमेह हुनसक्छ । ब्लड सुगर बढ्ने भएकोले यिस्ट इन्फेक्सन हुन्छ । स्वास्थ्य विज्ञका अनुसार पुरुषमा हुने यिस्ट इन्फेक्सनको असर उनीहरुको लिङ्गमा पनि पर्नसक्छ । यसको उपचार निकै सजिलै गर्न सकिन्छ । 

थकानः

साधारणतया राती बारम्बार बाथरुम जाने भएकोले निद्रा पूरा हुन सक्दैन, त्यसैले थकाई लागिरहन्छ । स्वास्थ्य विज्ञका अनुसार ब्लड सुगर बढ्ने भएकोले शरीरमा थप थकान महसुस हुन्छ । थुप्रै बिरामीमा मधुमेहबारे पत्ता लाग्नु धेरै दिन अघि नै थकानको लक्षण देखिन थाल्छ । यदि तपाईंलाई थकाई लागिरहन्छ भने आफ्नो रगत परीक्षण गराउनुहोस् । 

तौल बढ्नुः

उमेरसँगै तौल बढ्नु साधारण कुरा हो तर पनि तपाईंले यसमाथि ध्यान दिन आवश्यक छ । सन् २०१६ मा भएको एक अनुसन्धानमा पत्ता लागेअनुसार मधुमेह हुँदा महिलाको तुलनामा पुरुषको तौल कम बढ्छ । त्यसैले यदि तपाईंलाई लाग्छ कि तपाईंको तौल बढ्न थालेको छ, यो मधुमेहको एउटा लक्षण हुनसक्छ । यसबाहेक खराब खानपिनका कारण पनि तौल बढ्छ जसका कारण मधुमेह हुने सम्भावना बढ्ने गर्छ । 

व्यायाम गर्दा छातीमा दुखाईः

प्रि–डायबिटिजमा विभिन्न प्रकारको मेटाबोलिक समस्या हुन्छ, तीमध्ये एक हो उच्च रक्तचाप । यसको कारण छातीमा दुखाई र इस्केमियाको खतरा बढ्ने गर्छ । व्यायाम गर्नेबेला शरीरमा अत्यधिक भार पार्नबाट जोगिनुहोस् । यदि तपाईंको छातीमा पीडा भइरहन्छ भने डाक्टरसँग सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य परीक्षण गराउनुहोस् । 

प्रिमेच्योर इजेकुलेशनः

प्रिमेच्योर इजेकुलेशन अर्थात् शीघ्रपतन पनि पुरुषमा मधुमेहको एक प्रमुख लक्षण हो । प्रिमेच्योर इजेकुलेशन वा इरेक्टाइन डिसफंक्सनजस्ता समस्या मेटाबोलिक सिन्ड्रोमका कारण हुन्छ जुन टाइप टु डायबिटिजको खतरा बढाउँछ । युरोपियन युरोलोजीको अनुसन्धानमा मधुमेहको समस्या हुनेहरुमा २३ प्रतिशत पुरुषले प्रिमेच्योर इजेकुलेशन जबकि ५ प्रतिशत पुरुषले डिलेड इजेकुलेशनको अनुभव गरे । 

फेमिली मेडिकल हिस्ट्रीः

यदि तपाईंको घरमा कसैलाई मधुमेश छ भने तपाईंमा पनि मधुमेश हुने सम्भावना बढ्ने गर्छ । सन् २०१३ मा ८००० मानिसहरुमाथि गरिएको डायबिटोलोजी अनुसन्धानमा परिवारमा टाइट टु डायबिटिजको हिस्ट्री हुनेहरु २६ प्रतिशत मानिसहरुमा मधुमेह पाइएको थियो । यदि तपाईंको परिवारमा पनि यो रोग वंशानुगत रुपले चलिरहेको छ भने तपाईंले पनि आफ्नो ब्लड सुगरलाई समय–समयमा परीक्षण गराइरहनुहोस् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप