शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा मतगणना रोकियो

आइतबार, ०८ असोज २०७४, २२ : २५
आइतबार, ०८ असोज २०७४

वीरगञ्ज – तेश्रो चरणमा भएको स्थानीय तह निर्वाचनमा सबै भन्दा बढि चासो रहेकोे प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्ज महानगरमा मतगणना रोकिएको छ । 

मतगणाका क्रममा मतगणकले गडबड गरेको भन्दै काँग्रेस , राजपा सहितका दलहरुले विरोध जनएपछि आइतवार राति नौ बजेदेखि मतगणना स्थगीत भएको हो । 

मतदान भएको दिन खसेको मुचुल्कामा उल्लेख भए अनुसारको भन्दा मतगणनाका क्रममा बढि मत खसेको भनेर गणकहरुले देखाएका कारण विरोध भएपछि राति नौ बजेदेखि मतगणना स्थगित भएको नेपाली काँग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ताले बताए । 

राजपाका मेयरका उम्मेदवार राजेश मान सिंहले पनि मतगणनाका क्रममा धाँधली भएकाले राति नौ बजे देखि मतगणना स्थगीत गर्न लगाएको बताए । 

मतगणनाका क्रममा धेरै धाधली भइरहेको छ , मतदानका दिन जति मत खसेको थियो त्यो भन्दा बढि मत खसेको मतगणकहरुले बताइरहेका छन्, सिंहले भने, यो सरासर धाधली भइरहेको छ , हाम्रो माग भनेको जुन जुन वडामा अन्तिम परिणाम घोषित भइसकेको छ त्यहा फेरि रिकाउन्टिंग हुनुपर्छ । 

काँग्रेस पर्साका पुर्व उपसभापति दिना गुप्ताले रकमको चलखेलमा मतगणकहरुले मतगणनाका क्रममा धाँधली गरिरहेको बताए । यहाँ रकमको चलखेलमा मुख्य निर्वाचन अधिकृतले नै धाधली गरिरहेका छन्, उनले भने, जब सम्म पुन मतगणना हुदैन तब सम्म हामीले मतगणनाा सुचारु गर्न दिन्नौ । 
मतगणना सुचा गर्नका लागि राति साढे १० बजे सर्वपक्षिय बैठक बस्ने भएको छ । 


तर मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी ठाकुर खरेलले भने दलका प्रतिनिधीहरु खाना खान गएकाले राति नौ बजे देखी मतगणना रोकिएको र खाना खाएर दलका प्रतिनिधीहरु आए लगत्तै मतगणना सुचारु गरिने बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप