शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

यू १६ च्याम्पियनसीप छनोटः नेपाल समूह चरणबाटै बाहिरियो

आइतबार, ०८ असोज २०७४, २१ : ३४
आइतबार, ०८ असोज २०७४

काठमाडौं– यू १६ च्याम्पियनसीप छनोट चरणको खेलमा आइतबार प्यालेस्टाइनसँग पराजित भएसँगै नेपाल छनोटबाट बाहिरिएको छ । आइतबार दिउँसो भएको समूह चरणको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । 

नेपाल पराजय भएसँगै समूह डीको उपविजेता भारत च्याम्पियनसीमा छनोटको नजिक पुगेको छ ।  समूह डीको अपराजित टोली इराक भने ७ अंक सहित प्रतियोगितामा सिधै छनोट भएको छ । 

काठमाडौंको हल्चोकस्थित एपीएफको मैदानमा घरेलु टोली नेपालविरुद्धको खेलमा प्यालेस्टाइनका मोहमदले दुई गोल गरे  नायक रहे । खेलको १० औं मिनेटमा नेपालका लागि विर्जेश चौधरीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए ।

२८ आंै मिनेटमा बराबरी गोल गरेका मोहमदले ७५ औं मिनेटमा अर्को गोल गरेपछि प्यालेष्टाइन २–१ ले विजयी भयो । नेपालले समुह चरणमा मात्र एक अंक बटुल्दै तालिकाको पुछारमा रह्यो । आइतबार बिहान इराक र भारतबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप