शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘अन्तिम’ को टिजरमा सलमान र आयुषको द्वन्द्व

सोमबार, ०६ पुस २०७७, १९ : ५१
सोमबार, ०६ पुस २०७७

मुम्बई । सलमान खानको फिल्म ‘अन्तिमः द फाइनल टु«थ’ अहिले चर्चामा रहेको छ । सलमान खान र आयुष शर्माको अभिनय रहने फिल्मको सुटिङ सुरु भएको केही समय पनि भएको छैन । तर पनि यसको टिजर रिलिज गरिएको छ । फिल्मको टिजर बाहिर बाउने बितिक्कै भाइरल समेत भएको छ ।

टिजरमा फिल्मको एक्सनका दृश्य समेत समेटिएका छन् । सलमान र आयुष एक अर्काेसँग लड्दै गरेको टिजरमा देखाइएको छ । फिल्ममा सलमानले सरदारको भूमिका निर्वाह गरेका छन् । आयुष भने बडी बिल्डरको लुक्समा देखिएका छन् । 

सलमानले टिजरलाई आफ्नो ट्वीटर एकाउन्टबाट पनि शेयर गरेका छन् । टिजर शेयर गर्दै उनले लेखेका छन्–‘अन्तिमको शुरुवात’ । फ्यानले टिजरलाई लाइक गर्दै कमेन्ट समेत गरेका छन् । फिल्ममा अविका गौर भने आयुष शर्माको अपोजिट भूमिकामा देखिनेछिन् ।

‘अन्तिम’ सलमान खानको प्रोडक्सनकै फिल्म हो । फिल्म अगस्ट २०२१मा रिलिज हुनसक्छ । महेश मान्जरेकरले फिल्मको निर्देशन गरेका हुन् । फिल्म २०१८ को सुपरहिट मराठी फिल्म ‘मुलशी’को रीमेक बताइएकोछ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप