शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दूधसँग के नखाने ?

आइतबार, ०५ पुस २०७७, ११ : ०५
आइतबार, ०५ पुस २०७७

एजेन्सी  – दूधमा पाइने पोषक तत्वले सम्पूर्ण खानेकुरामा पाइने जति पदार्थ प्रदान गर्छ । विहानको नास्तामा होस् वा खानापछि दूध पिउने गरिन्छ । दूधको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । तर, दूधसँगै यस्ता केही खानेकुराहरुको सेवन गर्नुहुँदैन । किनकी ती खानेकुरामा पाइने पोषक तत्वसँग दूधको प्रतिक्रिया हुँदा शरीरमा विष उत्पन्न हुनसक्छ । 

ती खानेकुराहरु यसप्रकार छन्ः 

१. तिल र नुनबाट बनेको खानेकुरा खाएपछि छिट्टै दूध पिउनुहुँदैन । यदि दूध पिउनु छ भने थोरैमा दुई घण्टापछि पिउनु पर्छ ।

२.यदि धेरै मात्रामा साइट्रिक एसिड युक्त फलफूलको सेवन गरिएको छ भने दूध पिउनु हुँदैन ।

३. यदि खानामा माछा छ र माछाको सेवन गर्नुभएको छ भने तुरुन्तै दूध पिउनु स्वास्थ्यका लागि बेफाइदा हुन्छ ।

४. दूध र दही पनि एकसाथ खानुहुँदैन । दूध र दही एकसाथ खाँदा पेटमा ग्यास भरिने, एसिडिटी हुने, बान्ता हुने जस्ता समस्याहरु देखापर्छन् । 

५. इस्ट मिसाएको खानेकुरा र दूध एकसाथ खान हुँदैन । यसले शरीरमा नराम्रो असर गर्छ ।

६. अनार, सुन्तला, नाशपति, जस्ता फलफूलहरु दूधसँग खानुहुँदैन । दूधमा हुने क्याल्शियमलाई यस्ता फलफूलमा हुने एनजाइमले सोस्छ र शरीरलाई पोषण प्रदान हुँदैन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप