शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘चीन र पाकिस्तानको समर्थनमा राजा महेन्द्रले बीपीमाथि ‘कू’ गरेका थिए’

नेपालमा सेनाले ‘कू’ गर्दैन , दुई–चार उफ्रदैमा राजा फर्कन्न : कृष्णविक्रम नेम्वाङ
बुधबार, ०१ पुस २०७७, १६ : ४६
बुधबार, ०१ पुस २०७७

२०१७ पुस १ मा मुलुकको भोगेका त्यो दिनले धेरै महत्त्व राख्छ । राजा महेन्द्र शाहले सैन्यबलका माध्यमद्वारा जननिर्वाचित संसद् विघटन तथा संसद्ले चुनेको सरकार अपदस्थ गरेका थिए । ती दुवैको पुनस्र्थापना हुनका निमित्त मुलुकले तीन दशक कुर्नुप-यो । ०१७ सालको घटनाका अध्ययता कृष्णविक्रम नेम्वाङसँग रातोपाटीले विगत र वर्तमानबारे जन्ने कोशिस गरेको छ । प्रस्तुत छ नेम्वाङसँगको कुराकानीको सम्पादित अंश:

आजको २०१७ सालको पुष एक गतेलाई कसरी स्मरण कसरी गर्ने ?

– मैले ०१७ सालको क्रान्तिको सम्झना भनेर एउटा किताब लेखेको छु  । ०१७ साल पुस १ मा राजाले जननिर्वाचित संसद् विघटन तथा संसद्ले चुनेको सरकार अपदस्थ गरेका थिए । राजा महेन्द्रले हाकाहाकी सार्वजनिक मञ्चबाट जननिर्वाचित प्रधानमन्त्रीलाई जंगीअड्डाका सिपाही परिचालन गरेर गिरफ्तार गरेका थिए । त्यो बेला म नेपालमा थिइनँ, दार्जिलिङमा पढ्दै थिएँ । त्यही सुनेको हुँ । पछि त्यसबारे मैले गहिरो अध्ययन गरेँ ।

त्यो किन भयोजस्तो लाग्छ ?

–त्यतिबेला बीपी र राजा महेन्द्रबीचमा एक प्रकारको व्यक्तित्वको टकराव थियो । दुबै जना महत्त्वकांक्षी थिए । त्यतिबेला बीपीले वा राजनीतिक दलले कुनै गल्ती गरे भनेर महेन्द्रले ‘कू’ गरेका होइनन् । त्यतिबेलाको दस्तावेजको अध्ययनले ‘कू’ गर्नु पहिले धेरैपल्ट बीपी र राजा महेन्द्रबीच कुरा भएको पाउन सकिन्छ । जसमा राजाले ‘हेर्नुहोस् बीपी कि मलाई पाँच–सात वर्ष छोडिदिनुहोस् । म शासन गर्छु । होइन भने तपाईं गर्नुहोस् । पाँच–सात वर्ष म रानी लिएर बेलायतमा गएर बस्छु । आवश्यक परे बोलाउन होला’ भन्ने सम्मका कुरा भएको छ ।

राजाको परिवर्तन पनि महत्त्वकांक्षा मात्र थियो । नराम्रो गरिहालौँ भन्ने राजाको मनसाय थिएन ।  राणाको जस्तो व्यक्तिगत सिद्धि मात्र गर्ने होइन मेरो तरिकाले देशलाई केही गर्न सक्छु कि टेष्ट गर्रौँ भन्ने उनको मनसाय थियो । तर अलिपछि राजाले सोचेको ठीक विपरीत भयो ।

राजाले धेरै पल्ट औपचारिक–अनौपचारिक रुपमा त्यतिबेला भन्नुभएको छ –मैले प्रधानमन्त्री भनेर दुनियाँको छेउमा देखाउन सक्ने एउटा व्यक्ति भनेको बीपी मात्र हो । तर त्यतिबेला कू गर्नुपर्यो । कू गर्नका लागि पनि निहुँ चाहियो । त्यतिबेला भर्खर–भर्खर ००७ सालमा सामन्ती व्यवस्था हटेको थियो । दुरदराजका जनतालाई त्यो राम्रोसँग अनुभूति पनि भइसकेको थिएन । त्यतिबेला छोटा राणाहरु गाउँमै थिए । गाउँको मान्छेले राणातन्त्र गयो भन्ने अनुभूति गर्न पाएका थिएनन् । त्यतिबेलै ०१७ सालको कू किन भयो ? जनताले धेरैपछि मात्र कुरा बुझे । अहिलेको जस्तो राजनीतिक चेतना थिएन । जब राज्य रजौटा उन्मुलन, भूमिसम्बन्धी सुधार, जलजमिन र जंगलसम्बन्धी संसदमा प्रस्ताव आएपछि ठूलाबडाले विरोध गरे । उनीहरु अदालतमा पनि गए । राजालाई गुहारे ।

त्यही इस्यूलाई लिएर राजाले परिवर्तन चाहे । राजाको परिवर्तन पनि महत्त्वकांक्षा मात्र थियो । नराम्रो गरिहालौँ भन्ने राजाको मनसाय थिएन ।  राणाको जस्तो व्यक्तिगत सिद्धि मात्र गर्ने होइन मेरो तरिकाले देशलाई केही गर्न सक्छु कि टेष्ट गर्रौँ भन्ने उनको मनसाय थियो । तर अलिपछि राजाले सोचेको ठीक विपरीत भयो ।

त्यसको कारण के थियो ?

– उनी (राजा)का मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने सबै सामन्ती पुत्रहरु थिए । त्यतिबेला पढेलेखेका बडेबडे जिम्दार, बडेबडे अफिसरको छोराछोरी मात्र पढेलेखेका हुन्थे । मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने उनीहरु भए । अनि राजाले सोचेजस्तो अवस्था भएन । पञ्चायत व्यवस्था फेल भयो ।

राजाले बीपीको योग्यता र क्षमतामाथि प्रश्न उठाउनु भएको थिएन । यता जनतामा पनि राजनीतिक दल र सरकारको नेतृत्वप्रति वितृष्ण थिएन भन्नुभयो । तर पनि जनता राजाको ‘कू’ विरुद्ध किन विरोधमा उत्रन सकेनन् भन्ने लाग्छ ?

– यसलाई बुझ्न आन्दोलनको इतिहासमा जानुपर्ने हुन्छ । संसारमा धेरै आन्दोलन भए । ठूला ठूला आन्दोलनका कुरा गर्दा अमेरिका, रसिया, चीन, भारतकै भयो । फ्रेन्च रिभुलेसन पनि भयो । त्यसमा जनसंख्याको एक प्रतिशतले भाग लिएको हुँदैन । तर राजाको कूको विरोधमा भ्यङ्कर भाग लिए । मेचीदेखि महाकालीका जनताले बन्दुक उठाए ।

मेरो किताबमा दुई ठाउँबाट समर्थन आएको उल्लेख गरेको छु । एउटा चीन र अर्को पाकिस्तानबाट बलियो समर्थन आएको थियो । त्यतिबेला मार्सल चेन्नी चीनको मन्त्री थिए । उनी पार्टीका उपाध्यक्ष पनि थिए । उहाँले ‘नेपाली जनताको विरुद्धमा कहीँबाट कुनै प्रकारको एक्सन भयो भने श्री ५ महाराजधिराज र नेपाली जनताको पक्षमा सधैँ चीनको सरकार उभिनेछ’ भन्नु भएको छ ।

त्यसो भए पञ्चायती शासन ०१७ देखि ०४६ सालसम्म किन कायम रह्यो ? त्योबीचमा किन पञ्चायती व्यवस्था परिवर्तन हुन सकेन ?

गो गम्भीर प्रश्न हो । तर यो सामान्य जनताले बुझ्ने भाषा र घटना होइन । राजाले ‘कू’ गर्न किन सके भन्ने बुझ्नुपर्छ । राजाले ‘कू’ गर्नुमा राजाको इच्छा मात्रले पनि सम्भव थिएन । राजालाई बाहिरबाट समर्थन आयो ।

कुन–कुन ठाउँमा समर्थन आएको थियो ?

मेरो किताबमा दुई ठाउँबाट समर्थन आएको उल्लेख गरेको छु । एउटा चीन र अर्को पाकिस्तानबाट बलियो समर्थन आएको थियो । त्यतिबेला मार्सल चेन्नी चीनको मन्त्री थिए । उनी पार्टीका उपाध्यक्ष पनि थिए । उहाँले ‘नेपाली जनताको विरुद्धमा कहीँबाट कुनै प्रकारको एक्सन भयो भने श्री ५ महाराजधिराज र नेपाली जनताको पक्षमा सधैँ चीनको सरकार उभिनेछ’ भन्नु भएको छ ।

तपाईंले सुरुमा भनेजस्तो बीपी र राजाबीचको अनौपचारिक संवादमा ‘पाँच – सात वर्ष कि तपाईं चलाउन होस्, कि म चलाउँछु’ भनेर त्यत्रो संकेत देखाउँदा पनि बीपीले राजाको ‘कू’ असफल पार्न पूर्वतयारी किन गरेन जस्तो लाग्छ ?

मंसिर ३० गते मंगलबारको दिन सुवर्ण सम्शेरजीले राजालाई बिन्ती चढाए ‘राजा मलाई व्यापार मिलाउन कलकत्ता जानु छ’ भनेर  ।  राजाले पनि ‘हुन्छ जाऊ’ भनेर अनुमति दिएका थिए । त्यतिबेला सात–दश दिनमा ‘कू’ हुन्छ भनेर प्रष्ट भइसकेको थियो । त्यो कुरा क्याविनेटका सम्पूर्णलाई थाहा थियो । सुवर्णजी त इसारा पाएरै बाहिर जानुभएको हो । सुवर्णजीले बीपीलाई ‘अब म त हिडेँ । तपाईंहरु जोगिनुहोस्’ भनेरै जानु भएको हो । यसमा बीपीले ‘कू’ हुँदैछ । मलाई पनि थाहा छ । ल भन के गर्रौँ ? भाग्नु कि यहाँ बस्नु ? भाग्यो भने राजालाई सजिलो भइगो । निहुँ पनि भइगो । द्वन्द्व गर्दा रक्तपात हुन्छ । अब हामीले बसेरै सामना गर्नुपर्छ’ निरन्तर भनिरहनुभयो । थाहा नभएर होइन भाग्न नचाहेर हो ।

सुर्वणलाई मैले नजिकबाट जानेको थिएँ । उहाँले साह्रै बुद्धि पुर्याउनु भएको हो । सबै नेता नेपालमै भएको भए ०१७ सालको क्रान्ति नै हुने थिएन । सबै खोरमा थुनिनुभन्दा बाहिर जानु निको थियो । किनभने अन्त्यमा नेपालमा के हुँदैछ भनेर विश्वालाई जानकारी कसरी दिने ? त्यो जानकारी दिने माध्यम सुवर्णजी मात्रै हो नि । सुवर्णजी लगायत केही भागेर जानेहरुले त्रान्ति नगरेको भए नेपालमा पनि क्रान्ति हुँदैछ भनेर विश्वलाई थाहा हुँदैन थियो ।

पूर्व तयारीको कुरा छ । के पूर्वतयारी गर्ने ? बन्दुक बोक्नु हुँदैन थियो । खानतलासीमा एउटा बन्दुक भेटिएको भए यिनीहरुलाई जिउँदो राखिन्थ्यो त ? राखिँदैन नि । हामीलाई पनि डर लाग्यो । म पनि ०१८ सालमा जेलमा परेँ । पछि माघ ९ मा राजामाथि जनकपुरमा भौतिक आक्रमण भयो ।

कू हुने संकेत पाउँदा पाउँदै बेला सुवर्ण भारत जानुका पछाडि कुनै सन्देह थियो कि ? पार्टी(नेपाली काँग्रेस)भित्र एक मत नहुँदा राजालाई कू गर्न थप सजिलो भयो भनेर बुझ्दा अन्यथा हुन्छ ?

– होइन । पार्टीभित्र एक मत नहुँदा ०१७ सालमा त्यत्रो ठूलो क्रान्ति हुन्छ त ? त्यो पनि सुवर्णजी नै नेतृत्वमा ०१७ सालको क्रान्ति भएको होइन र ? पार्टी र नेताको साथ नपाएको भन्ने कुरा होइन ।

त्यसो भए सुवर्ण भारत जानुलाई कसरी हुर्ने त ? हेर्दा त सन्देहपूर्ण देखिन्छ नि ?

– त्यो हुँदै होइन । सुर्वणलाई मैले नजिकबाट जानेको थिएँ । उहाँले साह्रै बुद्धि पुर्याउनु भएको हो । सबै नेता नेपालमै भएको भए ०१७ सालको क्रान्ति नै हुने थिएन । सबै खोरमा थुनिनुभन्दा बाहिर जानु निको थियो । किनभने अन्त्यमा नेपालमा के हुँदैछ भनेर विश्वालाई जानकारी कसरी दिने ? त्यो जानकारी दिने माध्यम सुवर्णजी मात्रै हो नि । सुवर्णजी लगायत केही भागेर जानेहरुले त्रान्ति नगरेको भए नेपालमा पनि क्रान्ति हुँदैछ भनेर विश्वलाई थाहा हुँदैन थियो ।

उहाँहरु पनि खोरमा गएको भए 'नेपालमा राजाबाट कू भयो, नागरिक अधिकारलाई कुन्ठित गरियो' भनेर विश्व जनमत कसरी बनाउने भन्नुहोस् त ? अहिलेको र त्यतिबेलाको अवस्था दाँज्न मिल्दैन । त्यतिबेला मानवअधिकारवादी थिएनन् । तपाईंहरु जस्तो पत्रकारहरु थिएनन् ।

नेपाली सेना राष्ट्रिय सेनाको भूमिकाभन्दा बाहिर आएको इतिहास छैन ।

कूको तयारीमा रहेका राजा महेन्द्रले सुवर्णलाई भारत जान किन अनुमति दिए भनेर प्रश्न त उठ्छ नि ?

–  यो कुरा पनि छ । सबैलाई सबै कुरा थाहा थियो । राजालाई, सुवर्णजी, क्याबिनेट सबैलाई थाहा थियो । प्रायः जसो सबै सांसदलाई पनि थाहा थियो । तर कूको मिति मात्र थाहा थिएन । राजालाई कुनै पण्डितले हेरिदिएको भन्ने छ ।

एउटा कुरा के हो भन्दा राजा पनि सुर्वणप्रति सफ्टकर्नरमा थिए होलान् ? किन भने उनी राणा परिवारका भएकाले मैले कू गर्दा पनि यत्रो ठूलो उपद्रो गर्दैनन्, विरोध गर्दैन भन्ने राजाको बुझाइमा अलिकति गल्ती भयो । किन भन्दा पछि सुवर्णले त्यत्रो क्रान्ति गरे । पछि राजाले सुवर्णजी नै भएर राजाले माफी दिएजस्तो लाग्छ ।

नेपाली काँग्रेसबाटै समायोजन भएका सेना–प्रहरीलाई बिपीविरुद्ध प्रयोग भएको घटनालाई कसरी हेर्न भएको छ ?

माओवादीका लडाकुलाई नेपाली सेनामा समायोजन गरियो । अब तिनीहरुले राष्ट्रिय सेना हुनुपर्यो कि पार्टीको सेना ? तिनीहरु त राष्ट्रिय सेना हुनुपर्यो । काँग्रेसबाट त्यहाँ समायोजन भएकाहरु पार्टीको सेना भएनन् नि ? राष्ट्रिय सेना भए । नेपाली सेना राष्ट्रिय सेनाको भूमिकाभन्दा बाहिर आएको इतिहास छैन ।

त्यसै भारतमा पनि सैन्य कू भएको छैन । तर पाकिस्तानमा प्रत्येक वर्षजसो पहिले सैन्य कू भएको पाइन्छ । नेपालमा पनि सैनिकमा महत्वकांक्षा देखिएन । त्यो देशका लागि साह्रै राम्रो हो । अहिलेसम्म सेनाले राष्ट्रिय सेना हुन कोशिस गरिरहेको छ । त्यतिबेला पनि त्यही भयो । न राजाको भए न पार्टीको भए । त्यसमा सामान्य कुरा छ राजाले चलाए  । राजा भनेको राजा मात्र होइन, राष्ट्रप्रमुख हो । संसारको सबै देशका सेनाको अधिपति राष्ट्र प्रमुख नै हुन्छ । आपत्तकालामा सेना परिचालन गर्ने जिम्मा संविधानले नै दिएको हुन्छ । त्यो बेला राजाको भक्तिका निम्ती होइन, राष्ट्रप्रमुखका हैसियतले राजाले हुकुमले गर्दा भएको भनेर मेरो विश्लेषण छ । कतिपय पृथ्वीनारायण शाहको व्यक्तिगत सेना भएकाले सेना राजाको हो भन्ने तर्क गर्छन् । त्यो बेकार होजस्तो लाग्छ ।

संवैधानिक निकाय सशक्त बनायो भने अहिलेको ६० प्रतिशत समस्या समाधान हुन्छ ।

यतिबेला राजनीतिक दलले राम्रो गर्न सकेन भनेर सडकमा राजावादी सल्वलावट देखिएको छ । यसलाई कसरी हेरिराख्नु भएको छ ?

 –बिचाराहरु अहिले विरोधसम्म गरेका हुन् । केही गर्न सक्दैनन् । किनभन्दा मेची महाकालीको जनतालाई बहुमतमा ल्याउनुपर्छ । बहुमतमा आइपुग्नलाई धेरै मिहेनत गर्नुपर्छ । ३० वर्षसम्म बहुदलवादीहरुले साह्रै ठूलो त्याग तपस्या गरेका छन् । धेरै मारिएका छन् । जेलनेल भोगेका छन् । प्रवासमा कति गएका छन्, कति गएका छन् । त्यस्तो कष्ट उनीहरुले गरेका छैनन् । सडकमा पाँच जना उत्रिँदैमा परिवर्तन भएको अहिलेसम्म मैले इतिहास पढेको छैन । उनीहरुसँग तर्सिहाल्नुपर्ने कारण पनि कुनै छैन ।

राजावादीको वर्तमान शक्ति र सामथ्र्यको कुरा एउटा पाटो भयो । हाम्रा राजनीतिक दलका नेताले गुमाउँदै गएको नैतिक शक्तिले राजावादीलाई सामथ्र्य थप्दै गएको देखिन्छ नि ?

– अहिलेको सरकारले वैधता गुमाएको मेची महाकालीमा हल्ला छ । त्यसमा कति सत्यता छ, मलाई थाहा छैन । संवैधानिक निकाय सशक्त बनायो भने अहिलेको ६० प्रतिशत समस्या समाधान हुन्छ ।

यतिबेला त समस्याको जडका रुपमा प्रधानमन्त्रीलाई देखाउने गरिएको छ । प्रधामन्त्रीको भूमिकाप्रति तपाईको दृष्टिकोण के छ ?

–म हरेक कुरा राजनीतिक दृष्टिकोणले हेर्छ । पब्लिक दृष्टिकोण मसँग छैन । अहिले राजनीति पार्टीमा बलियो गुटबन्दी छ । नेकपाभित्र ठूलो गटबन्दी छ । यसमा त्यसै भन्न सक्दैन ।

तपाईंले माथि भन्नुभयो नेपालको सेना राष्ट्रिय सेनाभन्दा बाहिर आफ्नो भूमिका खोज्ने खालको छैन । त्यसो भए नेपालमा राजा र सैन्य शासन सम्भव छैन भनेर बुझ्दा हुन्छ ?

– सेनाले कू गर्दैन । यो मैले माथिनै प्रष्ट्याइ सकेको छु । रह्यो राजाको कुरा । नेपाली जनता २००७ साल र २०१७ सालको जस्तो अबुझ छैन । राजा ल्याउँदा व्यक्ति होइन संस्था ल्याउनुपर्ने हुन्छ ।  त्यो नेपाली जनताले बुझेका छन् । दलका नेतालाई पाँच वर्षपछि हटाउन सकिन्छ । राजालाई हटाउन फेरि अर्को रक्तपात गरेपछि मात्र हटाउन सकिन्छ । त्यो कुरा नेपाली जनतालाई थाहा छ ।

यतिबेला सत्ता र विपक्ष दुवैप्रति जनआकर्षण छैन । टावर प्रश्नालिटी भएको नेता अहिले नेपालमा छैन ।

वाह्य शक्तिले राजनीतिक दलको विकल्पमा कुनै तानाशह जन्माउन सक्ने सम्भावन छ कि छैन ?

– नेपालमा विशेष प्रभाव राख्ने भारत र चीन हुन्, उनीहरु यो चाहँदैनन् । किनभने नेपालमा अस्थिरता ल्याउँला चीन र भारत दुबैलाई फाइदा छैन । कसरी भने भारतको १२–१४ सय किलोमिटरको चौकीदार नेपाल हो । उता चीनको पनि बोर्डरको रक्षा गरिदिने नेपाल नै हो । यतिभित्र उनीहरुले अरबौँ सैन्य खर्च गर्नुपरेको छैन । नेपाललाई भारतले अस्थिर बनायो भने भारतको काश्मिर अस्थिर हुन्छ । चीनले नेपालमा अस्थिरताको खेल सुरु गर्यो भने तिब्बतमा दलाई लामाको अभियानले वैधता पाउँछ । अनि विश्व जनमत त्यतातिर जान्छ । भारत र चीनले त्यस्तो गल्ती गर्दैन ।

मुलुकको वर्तमान राजनीतिलाई कसरी हुर्नुभएको छ ?

 –यतिबेला सत्ता र विपक्ष दुवैप्रति जनआकर्षण छैन । टावर प्रश्नालिटी भएको नेता अहिले नेपालमा छैन ।

युवा पुस्तामा त्यो सभावना देख्निु भएको छ ?

– सभावना हुने नै युवा पुस्तामा हो । तर कसैको अग्नीपरीक्षा हुन सकेको छैन । घटनाले मान्छेलाई बनाउने हो । जस्तो भारतमा राष्ट्रिय जनआन्दोलन गर्नु नपरेको भए महात्मा गान्धीको जन्मै हुने थिएन, नेहरु र पटेलको जन्म हुने थिएन । चीनमा क्रान्ति नगरेका भए माओ त्सेतुङको जन्म हुने थिएन । ००७ सालको क्रान्ति गर्नु नपरेका भए बीपीहरुको जन्म हुने थिएन । नेतृत्व घटनाले जन्माउने हो । यो परिस्थितिलाई फेरेर देशवासीको सर्वोत्तम हितमा लागि काम गर्ने नेता आउन सक्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप