शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तौल घटाउन हरेक दिन कालो कफि

मङ्गलबार, ३० मङ्सिर २०७७, १२ : २६
मङ्गलबार, ३० मङ्सिर २०७७

एजेन्सी – असन्तुलित जीवनशैलीका कारण पछिल्लो समय सबैभन्दा बढी समस्या शरीरको तौलमा देखिने गर्छ । खानपानमा ध्यान दिन नसक्दा धेरै मानिसहरु मोटोपनको शिकार हुने गरेको छन् । 

यसैबीच, मोटोपन घटाउन हामी विभिन्न प्रकारका औषधि उपचार तथा अनेकन् उपायहरु अपनाइरहेका हुन्छौँ । तर, हामीले दैनिक सेवन गर्ने कालो कफिले पनि तौल कम गर्न निकै मद्दत गर्छ । कालो कफि स्वादिष्ट हुनुका साथै लाभदायी पनि हुन्छ । यसमा पोषक तत्व र एन्टिअक्सिडेन्ट पाइन्छ । यसले एनर्जी बुस्टर गर्नुका साथै, क्यान्सर, हृदय रोग, मधुमेह जस्ता विभिन्न रोगहरुसँग लड्न सहयोग पुर्याउँछ । 

कालो कफिले मेटाबोलिज्म बढाउनका साथै तौल घटाउनका लागि कालो कफिमा चिनी, दूध र क्रिम नहाली खाने गर्नुपर्छ । 

क्लोरोजेनिक एसिड 
कालो कफिमा क्लोरोजेनिक एसिड पाइन्छ । यसले तीव्र गतिमा तौल घटाउन मद्दत गर्छ । यसले शरीरमा ग्लुकोजको उत्पादनलाई सुस्त बनाउँछ । यसमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट पाइन्छ । त्यसैले तौल कम गराउन चाहानु हुन्छ भने कालो कफि पिउने गर्नुपर्छ । 

पानीको मात्रा कम गर्ने 
शरीरमा पानीको मात्रा अत्यधिक भयो भने पनि तौल बढ्छ । त्यसैले कफिले शरीरमा भएको अनावश्यक पानीलाई पिसाबबाट बाहिर फाल्छ । 

क्याफिन
कालो कफिनमा पाइने क्याफिनले एनर्जी बुस्टरको गर्छ । साथै, यसले मेटाबोलिज्मलाई मजबुत बनाउँछ । यसले तपाईंलाई सक्रिय र उर्जावान महसुस गराउँछ । कालो कफिले रगतमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप