शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुत्नुअघि स्मार्टफोनको प्रयोग हुनसक्छ खतरनाक !

सोमबार, २९ मङ्सिर २०७७, ११ : १९
सोमबार, २९ मङ्सिर २०७७

एजेन्सी – दिनभरको काम गर्दा आँखालाई आराम गर्ने मौका मिल्दैन । त्यसैले सुत्नुअघि स्मार्टफोन प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ । 

स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ । 

स्मार्टफोनको डिस्प्लेको ब्राइटनेस बढाएर राख्ने र स्मार्टफोनको प्रयोग गर्ने गर्दा यसबाट निस्किने उज्यालोले आँखालाई निकै नोक्सान पुर्याउँछ ।

सुख्खा हुन थाल्छ आँखा
राति सुत्नुअघि स्मार्टफोनको प्रयोगले आँखामा सुख्खापन ल्याउँछ । आँखा सुख्खा हुने भएको कारण आँखा चिलाउने र जलत हुने साथै, आँखाको अश्रु ग्रन्थीमा निकै नोक्सान पुग्छ ।

आँखाको कोष सुन्निन थाल्छ 
स्मार्टफोनको धेरै प्रयोगले आँखाको कोषबाट पानी आउन सुरु गर्छ । साथै, मोबाइलबाट निस्किने खराब किरणले नोक्सान दिलाउँछ । स्मार्टफोनको धेरै प्रयोगले आँखाको परेला झिम्क्याउने प्रक्रिया कम हुन्छ । आँखाको कोष र नसा सुन्निन थाल्छ र यसले टाउको दुखाई पनि बढाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप