बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिसमसको सपिङ गर्न उर्लियो भीड, जर्मनी चाडबाडको बीचमा लकडाउन गर्न बाध्य

सोमबार, २९ मङ्सिर २०७७, ०६ : १०
सोमबार, २९ मङ्सिर २०७७

कोरोनाभाइरस संक्रमण र यसको खतरालाई मध्यनजर गर्दै जर्मनीमा क्रिसमसका बेला कडा लकडाउनको आह्वान गरिएको छ । 

जर्मनीभरी बुधबारदेखि नै अत्यावश्यकमा नपर्ने पसल बन्द गरिनेछ । साथै स्कूल पनि बन्द गरिनेछ । 

चान्सलर एंगेला मर्केले क्रिसमस अघि सपिङका लागि उर्लिएका भीडका कारण यस्तो गर्न बाध्य भएको जानकारी दिएकी छिन् । 

जर्मनीमा १६ डिसेम्बरदेखि १० जनवरीसम्म लकडाउन हुनेछ । 

देशका १६ राज्यका नेतासँगको छलफलपश्चात् जर्मन चान्सलरले यो मामिलामा तत्काल कारवाही गर्न आवश्यकता भएको बताइन् । 

जर्मनीमा रेष्टुरेन्ट, बार र मनोरञ्जन स्थल नोभेम्बरदेखि नै बन्द छन् र देशका केही भाग लकडाउनको स्थितीमा आफै पुगेका छन् । 

देशव्यापी लकडाउनका बेला बैंक र खाद्य पदार्थ पाइने पसल खुल्ला रहनेछ । सैलुन बन्द रहनेछन् । 

यद्यपि, क्रिसमस ट्री बेच्ने पसल भने खुल्ला रहनेछन् । 

कम्पनीलाई आफ्ना कर्मचारीलाई घरबाट काम गर्ने वातावरण मिलाइदिन आग्रह गरिएको छ । 

जर्मनीमा आइतबार कोरोनाका २० हजार २०० नयाँ संक्रमित थपिएका छन् र ३२१ को मृत्यु भएको छ । – बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप