शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान खानले आमिर खानलाई दिए पूरा एक दिन, ‘लाल सिंह चड्डा’ का लागि गर्नेछन् सुटिङ

आइतबार, २८ मङ्सिर २०७७, ०९ : २५
आइतबार, २८ मङ्सिर २०७७

बलिउडमा सलमान खान, शाहरुख खान र आमिर खान पछिल्लो ३० वर्षदेखि राज गरिरहेका छन् तर अहिलेसम्म यी तीन एक साथ देखिएका छैनन् । अब पहिलो पटक सलमान, आमिर र शाहरुख आफ्नो आउँदो फिल्म ‘लाल सिंह चड्डा’ मा देखिनेछन् । यो फिल्म टम ह्याङ्क्सको सुपरहिट हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । हालै शाहरुख खानले आफ्नो क्यामियोमा उनी एकपटक पुनः आफ्नो चर्चित पात्र राजको रुपमा देखिने जानकारी दिएका थिए । जानकारीमा प्राप्त समाचार अनुसार सलमान खान फिल्ममा ‘मेने प्यार किया’ को प्रेमको भूमिकामा क्यामियो गर्न लागेका छन् । 

बलिउड हंगामाको रिपोर्टलाई विश्वास गर्ने हो भने शाहरुख खानले आफ्नो भूमिकाको सुटिङ दिल्लीमा २–३ दिन गरिसकेका छन् । आफ्नो तालिकामध्ये सलमान खानले पनि आफ्नो एक दिन आमिर खानको यो फिल्मलाई दिएका छन् । एक स्रोतलाई दिएको जानकारी अनुसार सलमानले आमिरलाई अस्विकार गर्न सक्दैनथे र यसका लागि तुरुन्त ‘हुन्छ’ भनिदिएका थिए । यसका लागि सलमान खानले आफ्नो सुटिङ शेड्युलमा परिवर्तन पनि गर्नुपरेको थियो । प्राप्त जानकारी अनुसार सलमानको भूमिका ३–४ मिनेटको हुने र उनी स्टुडियोमा आमिरसँग सुटिङ गर्ने बताइएको छ । 

खबरका अनुसार सलमान आफ्नो भूमिकाको सुटिङ ३० डिसेमबर वा यसको एक महिनापछि २० जनवरीमा सुट गर्ने सम्भावना छ । यसअघि उनी आयुष शर्मासँग आफ्नो नयाँ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’ को पहिलो शेड्युल पूरा गर्नेछन् । स्मरण रहोस्, ‘लाल सिंह चड्डा’ आमिर खानसँग करिना कपुरको पनि मुख्य भूमिका रहनेछ । यो फिल्म अर्को वर्ष क्रिसमसको मौकामा रिलिज हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप