शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कम्मर दुख्ने समस्याका कारण र उपचार

शनिबार, २७ मङ्सिर २०७७, ०९ : ४७
शनिबार, २७ मङ्सिर २०७७

एजेन्सी – कम्मर दुख्ने समस्या पहिले अधबैँशे र वृद्धवृद्धामा हुने गर्दथ्यो तर आजभोलि युवापिढीमा पनि यो समस्या देखिन थालेको छ । कम्मरकोमूनि र कम्मरको मध्य भागमा दुखाई धेरै हुन्छ ।

युवाहरुको कम्मर दुखाईको कारणहरु थुप्रै हुन सक्छन् । असन्तुलित जीवनशैली, गलत तरिकाले घण्टौँ बसेर काम गर्ने, शारीरिक श्रमका काम नगर्ने जस्ता कारणहरु कम्मर दुखाईको कारण हुनसक्छ । बारम्बार चोट लाग्ने, इन्फेक्सन र मांशपेशीमा दुखाई हुने, धेरै नरम बिस्तारामा सुत्ने, गलत तरिकाले गह्रौँ सामान उठाउने गर्दा कम्मर दुखाईको समस्या हुन्छ । 

शुरुवातमा ध्यान नदिँदा
कम्मर दुखाई शुरुवातमा अक्सर युवाहरु यस्तो समस्यालाई धेरै ध्यान दिदैनन् । जुन केही समयपछि समस्याको रुप लिन्छ । केही यस्तो समस्यामा चिकित्सकसँग सल्लाह पनि लिने गर्छन् र केही समयलाई दुखाई कम गराउने औषधि सेवन गरेर त्यसलाई केही समयका लागि दबाउँछन् । 

व्यायाम
कम्मर दुखाईको समस्या लामो समयसम्म बसेर एउटै पोजिसनमा बसेर काम गर्दा यस्तो समस्या धेरै हुन्छ । त्यसैले हरेक आधा घण्टामा थोरै समय काम गरेको ठाउँबाट उठेर यताउता डुल्ने, शरीर तन्काउने आदि गर्नुपर्छ । यसका साथै, कम्मर दुख्ने समस्या र मांशपेशीसँग सम्बन्धित व्यायाम गर्नुपर्छ । साथै, नरम बिस्ताराको सट्टा थोरै कडा विस्तारा ओछ्याएर सुत्ने गर्नुपर्छ । साथै, केही योगासान पनि गर्ने गर्नुपर्छ । 

यसको साथै, कम्मर दुख्ने समस्याबाट राहत पाउनका लागि औषधिको आवश्यकता छ । दुखाई बढ्दै गएमा अपरेशनसम्म गर्नुपर्ने हुन्छ । 

यसका साथै, कम्मर दुख्ने समस्याबाट बच्नका लागि भारी तौल उठाउनबाट बच्नुपर्छ । जमिनबाट कुनै पनि चिज उठाउनुभन्दा पहिले कम्मर बेल्ट र सीधा निहुरिएर सामान उठाउनुभन्दा खुट्टा खुम्च्याएर उठाउने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप