शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुग्यो, थप १ सय ४३ जनामा संक्रमण पुष्टि

बुधबार, १७ मङ्सिर २०७७, १० : ४९
बुधबार, १७ मङ्सिर २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सोमबार सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका –७ देवरियाकी  ७४ वर्षिया महिलाको मृत्यु भएको हो ।

उनलाई फोक्सोको समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा मंसिर ५ गते भर्ना गरी उपचार भइरहेको र कोरोना परीक्षण गर्दा ८ गते कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।

यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका ३, बाजुराका २, डडेल्धुराका ३, दार्चुलाका २, डोटीका १, कैलालीका १९, कंचनपुरका ५ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप १ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सकृय संक्रमितको संख्या १ हजार ७९६ पुगेको छ । कैलालीका ७४, कञ्चनपुरका ७, अछामका १८, बैतडीका १७, बझाङ्गका ८, बाजुराका ६, डडेल्धुराका १२ र डोटीका  १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।

सकृय संक्रमितमा अछामका १०२, बैतडीका ९४, बझाङ्गका २६५, बाजुराका २९, डडेल्धुराका १७६, दार्चुलाका २४६, डोटीका १५४, कैलालीका ५८१, कञ्चनपुरका १२४ अन्य जिल्लाका २६, अन्य देशमा २ जना रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले  बताए ।

यस प्रदेशमा निको हुने संक्रमित संख्या पनि ९ हजार ५१७ पुगेको छ । विभिन्न अस्पताल बाट मंगलबार ५७ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको सङ्ख्या ९ हजार ५१७ पुगेको उनले बताए ।

त्यसै गरी बिभिन्न अस्पतालहरुमा ६७ कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३२, टीकापुरमा १६, महाकालीमा ३, अछाममा १०, डोटीमा २, डडेल्धुरामा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप