शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : बेनेजिर भुट्टोले लिइन् पाकिस्तानी प्रधानमन्त्रीको सपथ

बुधबार, १७ मङ्सिर २०७७, ०६ : २६
बुधबार, १७ मङ्सिर २०७७

आज २ डिसेम्बर । सन् १९८८ मा बेनेजिर भुट्टोले पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिइन् । मुस्लिम बाहुल्य देशमा कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री निर्वाचित हुने बेनेजिर पहिलो महिला हुन् । उनकोे पहिलो कार्यकाल १९९० सम्म चल्यो, त्यसपछि उनी १९९३ देखि १९९६ सम्म फेरि प्रधानमन्त्री भइन् । 

बेनेजिर पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का संस्थापक नेता जुल्फीकर अली भुट्टोकी छोरी हुन्, उनले  हार्भार्ड विश्वविद्यालय र अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययन पूरा गरेकी थिइन् । १९७३ देखि १९७७ सम्म जुल्फीकर पाकिस्तानका प्रधानमन्त्री थिए ।

अक्सफोर्डमा पढ्दा बेनेजिरले विद्यार्थी संगठनको नेतृत्व गरेकी थिइन्, सन् १९७७ मा उनी पाकिस्तान फर्किइन् । तर, यही वर्ष उनका बाबु सैन्य ‘कु’ को शिकार भए अनि त्यसको दुई वर्षपछि मारिए ।

त्यसपछि पाकिस्तान पीपीपीको नेतृत्व नुसरत र (जुल्फीकरकी पत्नी तथा बेनेजिरकी आमा)  बेनेजिरको काँधमा आयो । उनीहरुले आफ्नो नेतृत्वमा प्रजातन्त्र पुनस्र्थापनाको मागलाई अघि सारे । जसकारण, जिया उल हकको सैन्य सरकारले बेजेजिरलाई पटक–पटक पक्राउ ग-यो ।

उनी सन् १९८४ मा बेलायतमा शरण लिन पुगिन् । यहाँबाट उनी सन् १९८६ मा पाकिस्तान फर्किइन् । यसक्रममा मार्गरेट थ्याचरको आर्थिक नीतिबाट प्रभावित भएकी बेनेजिरले पाकिस्तान फर्किएपछि पिपिपिलाई समाजवादी धारबाट उदारवादी पार्टीमा रुपान्तरण गर्ने प्रयास गरिन् ।

पिपिपिले सन् १९८८ मा निर्वाचत जित्यो । प्रधानमन्त्रीका रुपमा बेनेजिरले ल्याएका सुधारका योजनाहरुलाई तत्कालीन राष्ट्रपति गुलाम इसक खान, शक्तिशाली सेना र पुरातनवादी तथा इस्लामिक दस्ताहरुले कार्यान्वयन हुनबाट रोके । तर, भ्रष्टाचार र नातावादको आरोप लगाएर राष्ट्रपति खानले सन् १९९० मा उनको सरकार अपदस्थ गरे ।

त्यसपछिको निर्वाचनमा पीपीपी पराजित भयो भने पुरानवादी इस्लामिक डेमोक्रेटिक एलाईन्स विजयी भयो । बेनेजिर प्रमुख प्रतिपक्षी नेता बनिन् । निर्वाचनमा गुप्तचार निकायले धाँधली गरेको उनीहरुको आरोप थियो । यद्यपी, इस्लामिक डेमोक्रेटिक एलाईन्सका प्रधानमन्त्री नवाज सर्रिफले पनि भ्रष्टाचारकै मुद्दाका कारण पूरा कार्यकाल चलाउन पाएनन्, त्यसपछि सन् १९९३ को निर्वाचनमा फेरि बेनेजिरकै पार्टी विजयी भयो ।

प्रधानमन्त्रीका रुपमा आफ्नो दोस्रो कार्यकालमा बेनेजिरले अर्थतन्त्रलाई निजीकरणतर्फ लगिन् । त्यस्तै, उनले महिलालाई थप अधिकार दिलाउने प्रयास गरिन् ।  यद्यपी, यस दौरान उनको सरकार धेरै कुराले विवादीत भयो । जस्तो, उनकै दाजु मुर्ताजाको हत्या, सन् १९९५ को असफल सैन्य कू, बेनेजिर र उनका श्रीमान् आसिफ अली जर्दारीसमेत संलग्न भएको भनिएको भ्रष्टाचार काण्डलगायत । यी कारणहरुकै कारण राष्ट्रपति फरुक लेगहारीले उनको सरकारलाई अपदस्थ गरे । यसपछि सन् १९९७ को निर्वाचनमा पीपीपी पराजित भयो । सन् १९९८ मा बेनेजिर दुबई गएर बसिन् ।

अमेरिकाको मध्यस्थतामा राष्ट्रपति परवेज मुसर्रफसँग वार्ता भएपछि २००७ मा बेनेजिर पाकिस्तान फर्किइन् । सन् २००८ को निर्वाचनलाई लक्षित गरेर -याली गर्नेक्रममा उनी २७ डिसेम्बर २००७ मा रावलपिण्डीमा मारिइन् । ¥यालीमा बेनेजिरलाई लक्षित गरेर पहिले एक आत्मघाती हमलाकारीले गोली चलाएका थिए, उनको टाउको तीन गोली लाग्यो । त्यसपछि ती हमलाकारीले आफ्नो ज्याकेटभित्र रहेको बिस्फोटक बम पड्काउँदा उनीसहित  २२ जनाको ज्यान गयो ।

सुरुमा अलकायदाले यस घटनाको जिम्मेवारी लियो । यद्यपी, केही वर्षपछि पाकिस्तान तालिवानले आफु यस घटनामा संलग्न रहेको खुलासा ग¥यो । पाकिस्तान तालिवानका संस्थापक बैतुल्लाह मेसुदलाई उद्धृत गरिएको पुस्तकमा उल्लेख छ, ‘बेनेजिरले अमेरिकासँग मिलेर मुजाहिद्दिन ई ईस्लामलाई समाप्त गर्ने योजना बनाएकाले यस्तो गर्नुपरेको हो ।’ बेनेजिरको निधनयता छोरा विलवाल भुट्टो जर्दारी निरन्तर पीपीपीको अध्यक्ष छन् । सन् २००८ को निर्वाचन पीपीपीले जितेपछि श्रीमान् आसिफ अली जर्दारी २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप