भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति आक्रामक
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । कृषिसम्वन्धी नयाँ कानुनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ ।
भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका छन् ।
किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानुनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानुनको संज्ञा दिएका छन् । मोदीले महत्व दिएको कानुनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ ।
विपक्षी दलहरुको नाम नलिई उनले भने, “किसानहरूलाई ऐतिहासिक कानुनका विरुद्धमा गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिहरुले यसलाई दुरुपयोग गरेका छन् ।” वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा