बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु
शनिबार, १३ मङ्सिर २०७७, १० : ४६
बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे आज विहान मृत्यु भएको छ ।
मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिएका छन् ।
यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ ।
योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने