थपिँदैछ बुटवलमा नयाँ परिचय : उद्योग र व्यापारपछि बन्दैछ बैङ्किङ ‘हब’

person access_timeअसोज ६, २०७४ chat_bubble_outline0

तेजेन्द्र के.सी.

बुटवल– पुरानो उद्योग तथा व्यापारिक क्षेत्रको पहिचानलाई बदल्दै रूपन्देही बैङ्किङ हबका रूपमा स्थापित बनेको छ । एक पछि अर्को गर्दै बैङ्कका शाखा खुल्ने तथा नयाँनयाँ बैङ्किङ गतिविधिले जिल्लाको पहिचान बदलिएको हो ।

जिल्ला अहिले बैङ्किङ हबका रूपमा स्थापित भएको यहाँका बैङ्कर्सहरूले बताउन थालेका छन् । उद्योगी व्यवसायीहरूले पनि रूपन्देही जिल्लाले अर्को पहिचान थपेको बताएका छन् ।

अर्बौंको लगानीमा ठूला उद्योग र करोडौँ लगानीमा तारे होटल खुल्नेक्रमसँगै बैङ्किङ गतिविधिले तीव्रता पाएको हो । यस्तै पुरानो व्यापारिक केन्द्र बुटवलले आफ्नो अस्तित्व कायम राख्दै थप आर्थिक क्रियाकलाप वृद्धि गर्नु पनि अर्को प्रमुख कारण हो । 

अन्य क्षेत्रमा लगानी र कारोबार वृद्धिसँगै बैङ्किङ क्षेत्रमा रूपन्देहीले एकपछि अर्को गर्दै फड्को मारेको नेपाल बैङ्क भैरहवा शाखा उप निर्देशक सुभाष आचार्यले बताए । उनले भने– ‘जहाँ धेरैै पैसा हुन्छ, त्यहाँ बैङ्कहरू जान्छन्, रूपन्देहीमा अहिले व्यापाक पैसा छ ।’

क वर्गका बैङ्कदेखि लधुुवित्त संस्थाहरू यहाँ खुल्ने क्रम तीव्र छ । खुलेका वित्तीय संस्थाको पुँजी वृद्धिमा केन्द्रित छन् । ग्रहकलाई सेवा सहज रूपमा पुर्याउने उद्देश्यले विभिन्न ‘स्किम’ पनि राखेका छन् ।

भैरहवा बुटवल जस्ता सहरमा १ सय मिटर दूरी अन्तरमा बैङ्कका शाखाहरू भेटिन्छन् । बुटवलको मिलन चोक, राजमार्ग चौहरा, टाफ्रिकचोक, अमरपथमा बैङ्कहरू छ्यापछ्याप्ती छन् । भैरहवामा बैङ्क रोड नै नाम राखिएको छ । जहाँ राष्ट्र बैङ्कदेखि अन्य थुपै बैङ्क छन् ।

भैरहवामा बर्मेली टोल, नारायणपथ, देवकोटाचोक, बुद्धचोकमा बैङ्कहरूमा ग्राहकहरूले आफूले छानीछानी कारोबार गर्ने अवसर पाएका छन् । 
केन्द्रीय कार्यालय काठमाडौँ र पोखरा रहेका बैङ्कहरूका आँखा मुख्यतः यहाँ परेको छ । पछिल्लो समय बुटवलमा पोखरामा केन्द्रीय कार्यालय रहेको ओम डेभलपमेन्ट बैङ्कले यहाँ ३१औँ शाखा सञ्चालनमा ल्याएको छ । 

काठमाडौँमा केन्द्रीय कार्यालय रहेको टुरिजम डेभलपेन्ट बैङ्कको शाखा, गुडयुल फाइनान्स, मन्जुश्री फाइनान्स यहाँ थपिका छन् । नयाँ वा पुराना प्रायः सबै शाखाको कारोबार कन्तीमा ५० करोड भन्दा माथि गर्ने लक्ष्य लिएको बैङ्कहरूले जनाएका छन् ।

नेपाल राष्ट्र बैङ्क भैरहवा सिद्धार्थनगर शाखाले लुम्बिनी अञ्चल ६ वटा जिल्लामा बैङ्कहरूको गतिविधि निगरानी गर्छ । लुम्बिनी अञ्चलमा ५३७ बैङ्कका शाखाहरू रहेका छन् ।

राष्ट्र बैङ्कले तोकेको वाणिज्य बैङ्कहरू जुन क वर्गमा पर्छन् । यो अञ्चलमा २२० मध्ये रूपन्देहीमा जिल्लामा १०५ छन् । ख वर्गमा पर्ने विकास बैङ्कहरू अञ्चलमा १२३ बैङ्क रहेका छन् ।

यहाँ ६१ रहेका विकास बैङ्कहरूले सेवा प्रदान गरेका छन् । यस्तै ग वर्गका फाइनान्सहरू, कम्पनीहरू लुम्बिनी अञ्चलमा १८ वटा रहेका छन् जसमध्ये ८ वटा रूपन्देही रहेका छन् । बुटवलमा पुरानो फाइन्सान रूपमा बुटवल फाइनान्स र पश्चिमाञ्चाल फाइनान्स चिनिन्छन्, यस्तै भैरहवामा पुरानो फाइनान्स एभेरेस्ट रहेको छ । डी वर्गमा रहेका लघुवित्त संस्थाहरू लुम्बिनी अञ्चलमा १७६ मध्ये ३५ वटा रूपन्देहीमा रहेका छन् ।

कस्तो छ लगानीको अवस्था ?
नेपाल राष्ट्र बैङ्क भैरहवा सिद्धार्थनगर शाखाका अनुसार रूपन्देहीमा जिल्लामा निक्षेप ८८ अर्ब रहेको र कर्जा ११६ अर्ब रहेको छ ।

यो अन्य जिल्लाको तुलनामा ठूलो रकम हो । निक्षेपकर्ता १० लाख रहेका छन् भने ऋणीको सङ्ख्या ७३ लाख पुगेको छ । लघु वित्त तथा अन्य समूह काम गर्नेहरूले लोन लिने गर्दा सङ्ख्या उल्लेखनीय देखिएको हो ।

औद्योगिक क्षेत्रमा ३० अर्बको लागनी छ । यो लागनी बैङ्कको कुल लागनीमध्ये २६ प्रतिशत हो । यस्तै व्यापारमा क्षेत्रमा ४० अर्बको लागानी भएको छ । यस्तै कृषिमा क्षेत्रमा ९ अर्बको लगानी भएको छ ।

जुन कुल लागनीको ८ प्रतिशत हो । व्यापारिक गतिविधि धरै हुने रूपन्देही व्यपार क्षेत्र बैङ्कहरूले लागनी अन्यको तुलनाको धेरै रहेका छ ।

बैङ्कमाफर्त कर्जा लिँदा सेवामूलक क्षेत्र, व्यतिगत कर्जा घरजग्गा कर्जा आदिको नामबाट व्यावासायीहरूले लोन लिएको बुटबल उद्योग वाणिज्य सङ्घका अध्यक्ष महेशमान सिंहले बताए ।

उनले बैङ्क धरै हुँदा अन्नत फाइदा यहाँका व्यापरीहरूलाई भएको बताए । नयाँ नयाँ नीति ल्याएर निक्षेप सङ्कलन र बैङ्क छानीछानी कर्जा लिन पाउने व्यावसायीहरूका लागि राम्रो पक्ष भएको उनको भनाइ छ ।

यस्तै निमार्ण क्षेत्रमा लागनी ६ अर्ब ९० कारोड कर्जा प्रवाह यहाँ रहेका बैङ्कहरूले गरेका नेपाल राष्ट्र बैङ्कले तथ्याङकमा उल्लेख छ । 

बुटवल बहुमुखी क्यापसका प्राध्यापक बैङ्कुण्ठ पान्डेयले निपेक्ष सङ्कलन गर्ने कर्जा प्रवाह गर्ने समूह थुपै भएको यहाँ बैङ्कहरूको गतिविधि फस्टाएको बताए । पैसाको चलखेल गर्न बैङ्क तथा यहाँ नागरिक दुवै सिपालु बन्दै गएको पान्डेयल बताए ।

राष्ट्र बैङ्कले प्लटिङ कारोवारलाई कुल लगानीको १० प्रतिशतभन्दा धेरै लागानी गर्न नमिल्ने नीति ल्याएको छ । 

उक्त नीतिसँगै बैङ्कहरू रूपन्देहीको जग्गा व्यावसायीलाई लोन दिनेमा कडाइ गरेका छन् ।

डेभलपमेन्ट बैङ्कर्स एसोसिएसनका उपाध्यक्ष तथा बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुङ्गा डेभलमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले उक्त नीतिले बैङ्कहरूलाई अप्ठ्यारो नपारेको तर ठूलो जोखिम लिएर अनुत्पदान क्षेत्रमा लगानी गर्नेहरू समस्या परेको बताए ।

राष्ट्र बैङ्कको नीतिसँगै बैङ्कहरूको आफ्नो आन्तिरिक नीतिमा कुन क्षेत्रलाई कति प्रतिशत लगानी गर्ने, कुन क्षेत्र जोखिमयुक्त आदिको पोलिसी बनाएर काम गर्ने बताए । 

ओम डेभलपमेन्ट बैङ्क बुटवलका प्रमुख कार्यकारी अधिकृत अर्जुन ज्ञवालीले पोखराबाट बुटवलमा राम्रो सम्भवना देखेर बैङ्कले शाखा स्थापना गरेको बताए ।

बुटवलको पुष्पलाल पार्कमा रहेको ओम बैङ्कले एक वर्षमा ५० करोडको कारोबार गर्ने लक्ष्य राखेको छ । 

रूपन्देही पूर्व पश्चिम मध्य भागमा पर्ने हँुदा काठमाडौँ, पोखरा केन्द्रीय कार्यालय रहेका बैङ्कहरूले यहाँका आउने आफ्ना ग्राहकहरूका लागि सेवा प्रवाह गर्नका लागि बैङ्कको शाखा खोल्ने गरेका हुन् ।

राष्ट्रिय बैङ्क सिद्धार्थनगर भैरहवाका उपनिर्देशक सुभाव आर्चायले लुम्बिनीको विकास, अन्तर्राष्ट्रिय एयर्पोट निमार्ण र ठूला ठूला सिमेन्ट उद्योगहरूले स्थापना निमार्णाधीन तारे होटल कारणले बैङ्कलाई थप चलायमान बनाएको बताए ।

बैङ्कहरूले लागनी गर्ने क्षेत्र लक्षित वर्ग रहेको र निक्षेप सङ्कलन गर्न सजह हुने भएको यहाँ बैङ्कहरू आर्कषित बनेका छन् ।

रूपन्देहीको बुटबल भैरहवा वाहेकका अन्य साना क्षेत्र देवदह, सैनामैना मङ्गलापुर जस्ता ठाउँसम्म पनि बैङ्कहरूको उपस्थिति राम्रो छ ।

नेपाल राष्ट्र बैङ्कले हरेक स्थानीय बैङ्क पुग्नुपर्ने नीति ल्याउँदा रूपन्देहीका सबै निकायमा बैङ्क पुगेका छन् ।

ग्रामीण क्षेत्रदेखि सहरीयक्षेत्र दुवैमा बैङ्कहरू विभिन्न व्यवसायमा लगानी गर्दै ग्राहक तान्न व्यस्त छन् । माछाका लागि प्रख्यात बनेको गाउँ छपियासम्म बैङ्कहरू पुग्नु यसका उदाहरण हुन् ।

बुटवलदेखि २७ किलोमिटर भैरहवादेखि १८ किमि दूरीमा पर्ने छपिया क्षेत्रमा तिनाउ विकास बैङ्कले आफ्नो शाखा सञ्चालन गरी व्यासायदेखि वैदेशिक रोजगारीसम्म लगानीगरेको तिनाउ विकास बैङ्कका कार्यकारी अधिकृत प्रदीप श्रेष्ठले बताए ।

उद्योग र व्यापारदेखि कृषिसम्म लागनी गर्ने क्षेत्र रूपन्देही भएकाले बैङ्कहरू थपिएको नेपाल राष्ट्रबैङ्क भैरहवा शाखा सिद्धार्थनगरमा उप निर्देशक सुभाष आर्चायको बुझाइ छ ।

रूपन्देहीमा कुन कुन बैङ्कले सेवा दिएका छन् ?
रूपन्देहीमा क वर्गका सिद्धार्थ बैङ्क, स्टान्डर चार्टर बैङ्क, नवील बैङ्क, जनता बैङ्क, मेघा बैङ्क वाणिज्य बैङ्क, ग्लोबल आईएमई बैङ्क, प्रभु बैङ्क, एनसीसी एसिया बैङ्क, सनराइज बैङ्क, लुम्बिनी काठमाडौँ बैङ्क, हिमालयन बैङ्क, एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क छन् । यस्तै कुमारी बैङ्क, नेपाल बङ्गालदेश बैङ्कलगायतका बैङ्कहरूले यहाँ सेवा दिएका छन् ।

 रूपन्देहीमा ख वर्गका विकास बैङ्कको पनि सक्रियता राम्रै रहेको छ । हाल रूपन्देहीमा लुम्बिनी विकास बैङ्क, सिद्धार्थ विकास बैङ्क, कैलास विकास बैङ्क, गरिमा विकास बैङ्क, माछापुच्छे विकास बैङ्क, सेञ्चुरी विकास बैङ्क, ओम डेभलमेन्ट बैङ्क, ग्रामीण विकास बैङ्क, कामना सेवा, विश्व विकास बैङ्कलगायतका छन् ।
हालै राष्ट्र बैङ्कको मर्जर नीति नआउँदालसम्म ११ वटा विकास बैङ्कको प्रधान कार्यालय बुटबलमा रहेको थियो ।

 रूपन्देहीमा अहिले प्रधान कार्यालय रहेका विकास बैङ्कहरूमा तिनाउ विकास बैङ्क, साइन रेसुङ्गा विकास बैङ्क, मिसन डेभलमेन्ट बैङ्क, इन्नोभेटिभ डेभलपमेन्ट बैङ्क र पूर्णिमा विकास बैङ्क रहेका छन् ।

सिर्नजी फाइनन्स, सेन्टर फाइनन्स, गुडविल फाइनन्स, मन्जुश्री फाइनन्स, आसीएफसी फाइनान्स, पश्चिमाञ्चल फाइनान्स लगायतका फाइनान्सले पनि रूपन्देहीकी विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

समूहमा आधारित भएर काम गर्ने लघुवित्तहरू पनि सक्रिय उस्तै रहेको छ । हाल जिल्लामा चौतारी लघुवित्त, डिप्रश लघुवित्त, छिमेक लघुवित्त, निर्धन उत्थान लघुवित्त, फरवाड लघुवित्त, आरएसडीसी लघुवित्त, जनउत्थान लघुवित्त छन् ।

बैङ्कको चलायमान तीव्रता
बुटवल आर्थिक रूपमा चलायमान ठाउँ र लुम्बिनी कोरिडोरमा ठूला उद्योग रहेका कारण अन्य क्षेत्रबाट बैङ्कहरू थपिने क्रम बढेको छ ।

जहाँ पैसा हुन्छ, त्यहाँ बैङ्कहरू आउने नै भए आचार्य भन्छन्– ‘रूपन्देहीमा ठूला साना सबै प्रकारका बैङ्कहरूको कारोबार राम्रो छ । बैङ्कहरू यहाँ आउनु केवल लगानी गर्नका लागि मात्रै हाइन, निपेक्ष सङ्कलन गरेका छन् ।’

तिनाउ विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठले बैङ्कहरू थपियो झन् बढी काम गर्न सहज भएको बताए ।
तिनाउ विकास बैङ्कले रूपन्देहीमा तीनटा शाखा सञ्चालनको तयारी रहेको बताउनुभयो । उक्त बैङ्कले तिलोत्तमाको योगीकुटी बुटबलको बेलबास र देवदह नगरपालिकाको शीतलनगरमा शाखा विस्तार गर्दै छ ।

बैङ्ककोे ४४ करोड पुँजी रहेको छ भने निक्षेप ४ अर्ब २ करोड रहेको छ । यो बैङ्कले कर्जा ३ अर्ब २२ करोड प्रवाह गरेको छ । रूपन्देही नवलपरासी चितवनमा १२ वटा शाखामार्फत काम गरेको छ ।

त्यस्तै बुटवलमा प्रधान कार्यालय रहेको रेसुगा साइन बैङ्कले प्रदेश नं. ५ मा आफ्नो बाहुल्यता काम गर्ने दाबी गरेको छ ।

बैङ्कका कार्यकारी अधिकृत प्रकाश पौडेल अहिले पनि आफ्नो बैङ्कले ग्रामीण क्षेत्रमा लगानी बढाउँदै गएको बताए । गुल्मी, रूपन्देही, पाल्पा लगायतका १० जिल्लामा कारोवार गर्ने अनुमति पाएको यो बैङ्क अब प्रदेश स्तरीय बनाउने उनको भनाइ छ । यस्तै बुटबलमा अर्काे ग्राहकको मन जितेको बैङ्क कामना विकास हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत महेश काफ्लेले ग्रामीण क्षेत्रमा आफ्नो बैङ्कले पहिलादेखि नै लगानी गरेको बताए । राष्ट्रबैङ्कको नीतिअनुसार आफूहरू पुँजी वृद्धिसँगै सेवा विस्तारका लागि मर्ज भएको भन्दै ग्राहकलाई थप सुविधा बढाउँदै लैजाने बताए ।

बुटवलका बैङ्कहरूको नाफा बढ्यो
बुटवलमा केन्द्रीय कार्यालय भएका बैङ्कहरूको नाफा वृद्धि भएको छ । बुटवल तथा भैरहवा आसपासमा केन्द्रीय कार्यालय भै सञ्चालन रहेका बैङ्कको नाफा गत वर्षको भन्दा बढेको हो ।

बुटवलमा रहेको साइन रेसुङगा बैङ्कको मुनाफा गत वर्षभन्दा बढी रहेको बैङ्कले जनाएको छ । आर्थिक वर्ष ०७२/७३ को तुलनामा ७४ मा ७ करोड बढी मुनाफा भएको बैङ्कले जनाएको छ ।

आव ७२/७३ मा २७ करोड ७ लाख मुनाफा गरेको थियो भने ७३/७४ मा मुनाफा बढेर ३४ करोड ९६ लाख रूपियाँ पुर्याएको छ । बैङ्कका कार्यकारी अधिकृत प्रकाश पौड्याले बताए ।

बुटवलमै केन्द्रीय कार्यालय रहेको तिनाउ बैङ्ककको पनि मुनाफा गत वर्षभन्दा बढी रहेको बैङ्कले जनाएको छ । ७२/७३ को तुलनामा यस वर्ष २ करोड ७६ लाख रूपियाँ बढी मुनाफा गरेको वित्तीय विवरण बैङ्कले सार्वजनिक गरेको छ ।

बैङ्कका कार्यकारी अधिकृत प्रदीप श्रेष्ठका अनुसार ७२/७३ मा १२ करोड ६० लाख मुनाफा गरेको बैङ्कले यस आर्थिक वर्षमा १५ करोड ६७ लाख रूपियाँ आर्जन गरेको छ ।

बुटवलमै रहेको मिसन डेभलपमेन्ट बैङ्कले पनि गत वर्षको तुलनामा यस वर्ष ५ करोड बढी मुनाफा आर्जन गरेको छ । बैङ्कका व्यवस्थापक विष्णु प्रसाद पोखरेलका अनुसार ०७२/७३ मा ८ करोड मुनाफा गरेको बैङ्कले ७३/७४ मा मुनाफा १३ करोड २७ लाख रूपियाँ पुर्याएको छ ।

भैरहवामा रहेको पूर्णिमा विकास बैङ्कले पनि अघिल्लो वर्षको तुलनामा ३ करोड ५० लाख बढी नाफा गरेको जनाएको छ । बैङ्कका लेखा प्रमुख निरा लामाका अनुसार ७२/७३ मा ६ करोड २६ लाख ४० हजार ४ सय ८६ रहेको मा ७३/७४ मा १० करोड १ लाख ५३ हजार १ सय ३५ पुर्याएको बताए ।

भैरहवामा रहेको इन्नोभेटिभ बैङ्कका हाल सेञ्चुरी बैङ्कमा गाभिएको सहायक प्रबन्धक तीर्थमणि काफ्लेकाअनुसार बैङ्कले ७२/७३ मा ४ करोड ५२ लाख मुनाफा गरेकोमा ७३/७४ मा ६ करोड २ लाख ८० हजार मुनाफा गरेको थियो । बैङ्क एकआपसमा गभिएपछि हाल सेञ्चुरी कर्मसियल बैङ्कका रूपमा सेवा दिइरहेको काफ्ले बताए ।

पैसा साट्नेहरूको भीड
 
दशँै नजिकिएसँगै पैसा साट्नेहरूको भीड बैङ्कहरूमा बढेको छ । नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्कबाट नयाँ नोट सटहीको व्यवस्था रहेको पनि बुटवलमा रहेका बैङ्कहरूमा नयाँ नोट सटही नभई पैसा राख्ने तथा झिक्नेहरूको भीड बढेको हो ।

राष्ट्रिय वाणिज्य बैङ्क बुटवल चौराह, अस्पताललाई निक्षेपकर्ताको भीड निकै बढेको थियो ।

दशैँ पर्व नजिकिएसँगै बैङ्कबाट तलब, पेन्सनका साथै सामान्य निक्षेपकर्ताले दशैँ खर्च बैङ्कबाट निकाल्ने हुँदा बैङ्कमा एकै पटक भीड बढेको बैङ्कहरूले जनाएका छन् ।

नयाँ नोट साट्ने व्यवस्था नभए पनि बैङ्कहरूमा अन्य समयको तुलनामा भन्दा ३० प्रतिशत सेवाग्राहीहरूको भीड बढेको छ । बैङ्कमा रकम झिक्न तथा राख्न पुगेका सेवाग्राहीले भने बैङ्कले व्यवस्थापनमा ध्यान नदिँदा घण्टौँ लाइनमा बसेर पैसा झिक्न तथा राख्नुपरेको गुनासो गरेका छन् । बुटवल योगीकुटीका रामचन्द्र अर्यालले बैङ्कमा भीडभाड हुने थाहा हुँदाहँुदै पनि व्यवस्थापन नगर्दा घण्टौँ लाइनमा बस्नुपरेको बताए ।

राष्ट्रिय वाणिज्य बैङ्क चौराहमा रकम झिक्न लाइनमा बस्नुभएका अर्यालले चाडपर्वको समयमा सबैलाई हतार हुने भएकाले थप कर्मचारीहरू राखेर भए पनि सेवाग्राहीलाई सेवा दिनुपर्ने बताए ।

यता राष्ट्रिय वाणिज्य बैङ्क चौराह शाखाकी शाखा प्रबन्धक इन्दिरा पन्थीले कर्मचारी अभावका कारण सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । अन्य समयमा अहिले भइरहेका कर्मचारीबाट सेवा दिने भएकाले चार पाँच दिनका लागि थप कर्मचारी राख्न नसकिएको बताए । बैङ्कमा आउने वृद्धवृद्धा, अशक्त, अपाङ्गहरूलाई भने बैङ्कले छुटै लाइनबाट सेवा दिएको उनको भनाइ छ ।

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ