बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभावकारी शान्ति सुरक्षा अवाश्यक छ : रेणु दाहाल

शुक्रबार, ०६ असोज २०७४, ११ : १५
शुक्रबार, ०६ असोज २०७४

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शान्ति सुरक्षा प्रभाबकारी बनाउन प्रहरी प्रशासनलाई आग्रह गरेकी छन् ।

चितवनको भरतपुरमा शुक्रबार भएको कार्यक्रममा मेयर दाहालले नागरिकलाई सुरक्षाको प्रत्याभूती दिनु प्रहरी प्रशासनको पहिलो दायित्व भएको बताइन् ।

‘बदलिँदो परिस्थती अनुसार प्रहरी प्रसाशनले पनि आफ्नो कार्यशैली र ब्यावहार पनि परिबर्तन गर्दै लैजानुपर्ने हुन्छ । आम नागरिकले आफूलाई सुरक्षित महशुस गर्ने बातावरण नबन्दासम्म यसको सार्थकता हँुदैन ।’

कार्यक्रममा  जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपक थापाले प्रहरी एक्लैले शान्ति सुरक्षा कायम गर्न पर्याप्त नभएको भन्दै सवैको सहयोग आवाश्यक रहेको बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप