बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर उपमहानगरको मतपरिणाम : राजपाले नौ हजार कटाउँदा एमालेको ९ सय !

शुक्रबार, ०६ असोज २०७४, ११ : ०२
शुक्रबार, ०६ असोज २०७४

धनुषा– प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता कायम गरेका छन् । मेयरमा राजपाका उम्मेदवारले नौ हजार २ सय १९ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसले दुइहजार नौस ९९ मत मात्र ल्याएको छ । त्यस्तै उपमेयरमा पनि राजपा नै अगाडी छ । जनकपुर उपमहानगरमा एमालेले शुक्रबार बिहानसम्म हजार मत कटाउन सकेको छैन । 

राजपा
मेयर–९२१९
उपमेयर– ६५२७

नेपाली काङ्ग्रेस 
मेयर–२९९९
उपमेयर–२७१७

एमाले 
मेयर–९२७
उपमेयर–९१७
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप