शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२५ वर्षीय युवक मृत फेला

शुक्रबार, १२ मङ्सिर २०७७, ११ : २९
शुक्रबार, १२ मङ्सिर २०७७

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईँ मृतावस्थामा भेटिएका छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुरसमेत ल्याएर अनुसन्धान गरिरहेको छ । 

“मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए”, प्रहरी नायब उपरीक्षक थापाले भने, “विस्तृत अनुसन्धान हुँदैछ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप