शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुर उपमहानगर अपडेटः राजपाको ७ हजार बढी मत आउँदा एमालेको ६ सय

बिहीबार, ०५ असोज २०७४, २१ : ४१
बिहीबार, ०५ असोज २०७४

जनकपुरधाम– दुई नम्बर प्रदेशको प्रस्तावित राजधानी तथा पुरानो उपमहानगर जनकपुरमा राष्ट्रिय जनता पार्टीले मतान्तर फराकिलो पार्दै गएको छ ।

चुनावको अन्तिम समयमा एकैसाथ दुई नम्बर प्रदेशको अभियानका क्रममा मिथिलाञ्चलमा चमत्कार हुने बताएको नेकपा एमालेले निकै पछाडि छ । दोस्रो स्थानमा रहेको कांग्रेसले झण्डै २५ सय मत मात्रै पाएको छ । 

राजपाले सात हजार बढी मत ल्याउँदा एमालेको ७ सय मत पुगेको छैन भने माओवादी केन्द्र तथा अन्य दलको नामोनिसान हराएको छ ।  

पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ः 

राजपा
मेयर–७२९८
उपमेयर–४९४९

नेपाली काँगे्रस
मेयर–२४७१
उपमेयर–२२७६

एमाले
मेयर–६९८
उपमेयर–७६९
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्र कुमार यादव
अमरेन्द्र कुमार यादव

अमरेन्द्र कुमार यादव रातोपाटीका जिल्ला संवाददाता हुन् ।

लेखकबाट थप