शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनुषाको ६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, १२ स्थानमा कसको अग्रता ?

बिहीबार, ०५ असोज २०७४, २१ : २६
बिहीबार, ०५ असोज २०७४

जनकपुरधाम– धनुषाको १८ स्थानीय तहमध्ये ६ स्थानिय तहको मतपरिणाम सार्वजनिक भएको छ ।

जिल्लाको ३ स्थानीय तहमा नेपाली काँगे्रस, २ मा नेकपा एमाले र १ मा राजपा बिजयी भएको छ । बाँकी १२ तहको अन्तिम परिणाम आइसकेको छैन । मतगणना जारी रहेको छ । 

१२ स्थानीय तहमा कसको अग्रता ? 

नेपाली काँगे्रस ५ स्थानमा 
संघीय समाजवादी फोरम ३ स्थानमा
नेकपा एमाले २ स्थानमा
माओवादी केन्द्र १ स्थानमा 
राजपा नेपाल १ स्थानीय तहमा । 

धनुषाको धनौजीमा कांग्रेस बिजयी

जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बद्रीनारायण सिंह २४२० मत ल्याई गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै रामवतीदेवी मण्डल २३२७ ल्याएर विजयी भएकी छिन् ।

अध्यक्षका प्रतिष्पर्धी राजपा नेपालका जीवेन्द्र झाले १९३७ मत र उपाध्यक्षका प्रतिष्पर्धी राजपाका निर्मलादेवी मण्डलले १८४३ मतले ल्याइन् । 

यसअघि कांग्रेसले धनुषाको जनकनन्दनीमा पनि जीत हसिल गरेको छ । जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँगे्रसका अब्दुल वारिक शेख २७१७ र उपाध्यक्षमा पनि काँगे्रसकै भारती कार्की ३०५१ मत प्राप्त गरी बिजयी भएका छन् । धनुषामा १८ स्थानीय तह रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप