बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गुडलाईफ बेभरेजले ल्यायो बजारमा गुडलाईफ म्याङ्गो ड्रिङ्क

बिहीबार, ०५ असोज २०७४, २१ : २५
बिहीबार, ०५ असोज २०७४

काठमाडौं – एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. तथा एसियन थाई फुड प्रा.लि.ले आफ्नो नयाँ कम्पनी गुडलाईफ बेभरेजको पहिलो उत्पादन गुडलाइफ म्याङ्गो जुस नेपाली बजारमा ल्याएको छ ।


उत्कृष्ट म्याङ्गोपल्पहरु छनौट गरी बनाइएको यस म्याङ्गो जुस नकुहिने गरी सुरक्षितसँग टेट्रा प्याकमा प्याकिङ्ग गरिएको छ । ‘खाने होइन, पिउने म्याङ्गो’ भनिएको यस म्याङ्गो ड्रिङ्कलाई दक्ष तथा अनुभवी कामदारहरुको प्रयोग गरी गुडलाईफ बेभरेजद्वारा नेपालमै उत्पादन गरिएको हो । २०० एम.एल. मा उपलब्ध हुने गुडलाइफ म्याङ्गो जुसकोमूल्य रु.२५ तोकिएको छ ।

यसै वर्ष सुनसरीको दुहबीमा स्थापना गरिएको गुडलाईफ बेभरेज, जाजु ग्रुप र शारदा गुप्रको संयुक्त प्रयासमा संचालन भई रहेको छ । विभिन्न खाद्य वस्तु उत्पादनमा निकै वर्षको अनुभव रहेको यस कम्पनिले निकट भविष्यमा सबै प्रकारका वेभरेजहरु नेपाली बजारमा उपलब्ध गराउने कुरा कम्पनिले जनाएको छ । 

नेपाली उपभोक्ताहरु माझ निकै रुचाइएको गुडलाइफले म्याङ्गो ड्रिङ्क बाहेक अरु ४० भन्दा बढी भेराइटीका बिस्कुटहरुका साथै विभिन्न २० भन्दा बढी भेराइटीका चकलेटहरु नेपाली बजारमा उत्पादन गर्दै आएको छ । आफूसँग भएको पूर्वाधार र प्रविधिको प्रयोग गरी आफ्ना उपभोक्ताहरुलाई अरु ब्राण्डहरुको तुलनामासुपथ मुल्यमा उच्चस्तरीय गुणस्तर र स्वाद प्रदान गरेकोकम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप