विप्लव माओवादीका विद्यार्थी नेता गफाडी पार्टीको आरोप लगाउँदै माओवादी केन्द्रमा प्रवेश
बिहीबार, ०५ असोज २०७४, २० : ४४
काठमाडौं– नेकपा माओवादी विप्लब समुहका विद्यार्थी संगठनका नेता तथा गोरखा जिल्लाका अध्यक्ष विकास भट्टराई नेकपा माओवादी केन्द्र प्रबेश गरेका छन् ।
प्रेस सेन्टर नेपाल, ललितपुरले हिन्दुहरुको महान चाड दशैंको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा भट्टराईले नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । प्रवक्ता भुसालले भने, ‘देशैभरबाट धु्रविकरण हुनु जरुरी छ, अव परिवर्तन र स्थायित्वका लागि माओवादी केन्द्रमा आउनु पर्ने आवश्यकता रहेको औंल्याए ।
पार्टी प्रवेश पछि भट्टराईले भने, ‘विप्लवले माओवादी क्रान्तिको नाउँमा जनतालाई भ्रम छरेको छ’केवल गफ गर्ने गफाडीको समुह बन्न पुगेको आरोप समेत उनले लगाए । गोरखा जिल्लाका सबै कार्यकर्ता माओवादी केन्द्रमा आउने समेत उनले दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा