शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवराज रेष्टुरेन्टमा रामचन्द्र पौडेलको पहिलो लञ्च

बिहीबार, ०५ असोज २०७४, २० : ०७
बिहीबार, ०५ असोज २०७४

चन्द्रौटा (कपिलवस्तु)– कपिलवस्तुको शिवराज नपा ५, चन्द्रौटामा नयाँ व्यवस्थापनका साथ “शिवराज रेष्टुरेन्ट” नामक सुविधासम्पन्न होटल विहीबारदेखि सञ्चालनमा आएको छ । 

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी चौधरीले रिबन काटेर रेष्टुरेन्टको उद्घाटन लरे लगत्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो लञ्च गरेका छन् । 

पर्यटन प्रवद्र्धनलाई दृष्टिगत गर्दै होटल संचालनमा ल्याएको संचालक राकेश रायमाझीले जानकारी दिए । चन्द्रौटास्थित वडा प्रहरी कार्यालय अगाडि संचालन भएको होटल निकै आकर्षक, एसी जडिट हल, क्याबिन, भान्साकोठाको व्यवस्थान गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप