छुवाछुत प्रथाविरुद्ध सचेतना : बेलकोटगढीमा २ सय १३ परिवारको सामूहिक जमरा
नुवाकोट – घटस्थापनाको अवसरमा बेलकोटगढीमा २ सय १३ परिवारले आज सामूहिक जमरा राखेका छन् । बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा बडादशैंँका लागि ब्राह्मण र दलित समुदायले एकैसाथ सामूहिक जमरा राखेका हुन् ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदै आएकामा यस वर्ष पनि निरन्तरता दिइएको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले जानकारी दिए ।
‘ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छा’ पौडेलले भने, ‘यसको पूजाआराधना र जल पनि आलोपालो रुपमा चढाउने गरिएको छ ।’
नुवाकोटका नौ कोटमध्ये बेलकोट एक कोटका रुपमा मानिने गरिएको छ । मन्दिर पौराणिक र शक्तिपीठका रुपमा परिचित छ । बडादशैंमा काठमाडौं हनुमानढोकाको वैदिक विधिअनुसार नै यहाँ पनि पूजा गर्ने परम्परालाई निरन्तरता दिइएको छ ।
सामूहिक जमराले गाउँमा छुवाछुत प्रथाविरुद्धको सचेतना प्रचारमा सहयोग पुगेको निरन्जना मन्दिर संरक्षण समितिका अध्यक्ष कालीबहादुर तिवारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु