‘अबको नेपाल’ पुस्तक सार्वजनिक गर्दै नेता नेपालले भने– राज्य नै भ्रष्टाचारी
काठमाडौं– एमाले नेता माधव नेपालले मुलुकको विकासको मेरुदण्ड नै शिक्षा भएकाले त्यसलाई समय सापेक्ष परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
बिहीबार काठमाडौमा ‘अवको नेपाल सम्भावना र कार्यदिशा’ समेटिएको विज्ञहरुले लेखेको पुस्तक सार्वजनिक गर्दै नेता नेपालले आगामी दिनमा शिक्षा, पर्यटन र कृषिलाई प्राथमिकतामा राख्न सके मुलुक सम्बृद्ध हुने धारणा राखेका हुन् । उनले विश्वमा सरकारी र निजी लगानी असफल बन्दै गएपनि सहकारीहरु सफल हुँदै गएको भन्दै यसको सहि सदुपयोग गर्नपर्ने पनि बताए ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले राज्य भ्रष्टचारी हुदै गएको भन्दै राज्य विकास प्रेमी हुनुपर्ने भएकाले भावि पुस्ताले त्यसतर्फ चनाखो हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा माओवादी नेता लेखनाथ न्यौपाने र कांग्रेसका नेता प्रदिप पौडेलले संविधानमा समाजबाद लेखेपनि व्यवहारमा व्यवहारमा प्रयोग गर्न नसकिएको बताएका थिए ।
उनीहरुले पुस्तकमाथि ठि.टप्पणी गर्दै अवको राजनीतिक नेतृत्वले त्यसतर्फ ध्यान दिन जरुरी रहेको धारणा राखेका थिए । सार्वजनिक गरिएको पुस्तक पत्रकार योगश ढकाल र कृष्ण गिरीले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ