बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरबारको अधिकार गाउँगाउँ ल्याउन सफल भएँः प्रचण्ड

बिहीबार, ०५ असोज २०७४, १८ : १६
बिहीबार, ०५ असोज २०७४

कपिलवस्तुमा माओवादी प्रवेशको लर्को 

कपिलवस्तु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको अधिकार गाउँ गाउँमा ल्याउन आफू सफल भएको बताएका छन् । 

विहीवार कपिलवस्तुको कृष्णनगरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै प्रचण्डले आफू लगिपरेकैले गर्दा अधिकार गाउँगाउँसम्म आइपुगेको बताए । उनले मधेसीदेखि सबै समुदायले माओवादीलाई हेर्ने दृष्टिकोण पनि पहिला र अहिले फरक रहेको बताए । 

उक्त कार्यक्रममा माओवादी प्रवेशको लर्को लागेको देखेर हौसिएका प्रचण्डले आफू प्रधानमन्त्री हुँदा र आफूले बोलेका र गरेका काम देखेर जनता माओवादीमा होमिएको बताए । 

उनले कपिलवस्तु जिल्लाको प्रशंसा पनि गर्न छुटाएनन् । कपिलवस्तु ऐतिहासिक जिल्ला भएको भन्दै उनले कपिलवस्तुलाई विश्व शान्तिको प्रत्याभूति गराउने जिल्लाको रुपमा चिनिएको बताए । 

कार्यक्रममा पार्टी केन्द्रीय नेताहरु मात्रिका यादव, केन्द्रिय सदस्य चक्रपाणी खनाल (वलदेव) केन्द्रिय सदस्य डिलाराम आचार्य तथा माओवादी जिल्ला इन्चार्ज भानु प्रकाश श्रेष्ठ लगायतले धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप