कोरियाली समस्याको शान्तिपूर्ण समाधान– चीन
संयुक्त राष्ट्रसंघ – कोरियाली समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्नेमा चीनले जोड दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यिले सो धारणा राख्नुभएको हो ।
चिनियाँ विदेशमन्त्री यि हाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका लागि अमेरिकामा हुनुहुन्छ । उहाँले मङ्गलबार अमेरिकी उपराष्ट्रपति माइक पिन्ससँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
सोही भेटकाक्रममा उहाँले सो धारणा राख्नुभएको प्राप्त समाचारमा जनाइएको छ । उहाँहरुबीच कोरियाली प्रायद्वीपमा पछिल्लो समयमा जारी रहेको आणविक परीक्षणका विषयमा कुराकानी भएको बताइएको छ ।
उहाँहरुबीच आपसी कुराकानी र वार्ताका माध्यमबाट उक्त क्षेत्रमा शान्ति स्थापनाको बारेमा सहमति भएको बताइएको छ ।
सो भेटकाक्रममा अमेरिकी उपराष्ट्रपति पिन्सले आगामी दिनमा अमेरिका र चीनले आपसी हित र कोरियाली समस्या समाधानमा आवश्यक वार्ताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो ।
त्यस वार्ताका क्रममा उहाँहरुबीच केही समयपछि हुन लागेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमणका विषयमा पनि कुराकानी भएको थियो ।
त्यसैगरी सो भेटवार्ताका क्रममा आपसी हित र अन्य द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।
पछिल्लो समयमा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङबीचको सम्बन्ध राम्रो रहेको छ । उहाँहरुले गएका दुई हप्तायतामात्र पनि दुई पटकसम्म फोन वार्ता गर्नुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल