शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सबै कलाकार समेट्दै ‘ऐश्वर्य’ले ल्यायो प्रोमो

बिहीबार, ०५ असोज २०७४, १७ : ००
बिहीबार, ०५ असोज २०७४

 
काठमाडौं – ९ कात्र्तिकबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ले प्रोमो रिलिज गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र युनिटले चलचित्रकर्मी तथा रंगपत्रकार माझ प्रोमो रिलिज गरेको हो ।
निकै आकर्षक र फरक तवरले बनाइएको चलचित्रको प्रोमामा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार, नायिका केकी अधिकारी र नव नायिका दीपिका प्रसाईंलाई समेत देख्न सकिन्छ । 
चलचित्र दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । प्रेम कथामा बनेको  ‘ऐश्वर्य’मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईं लगायत कलाकारको अभिनय रहेको छ । 
अर्जुन पोखरेलेको संगीत, सुदिप बरालको छायाँकन र तेञ्जु योञ्जनको नृत्य रहेको चलचित्रका निर्माता अर्जुन श्रेष्ठ, किरण राणा हुन् । निर्मल शर्माको सहकार्य रहेको यो चलचित्रको ‘तिमी रोएको पल..’ गीतले दर्शक को मन जित्न सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप