शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगाका स्थानीय तहमा खाता सञ्चालानमा समस्या, राष्ट्रिय बाणिज्य बैकमा नयाँ पैसा साट्नेको भीड

बिहीबार, ०५ असोज २०७४, १६ : ४४
बिहीबार, ०५ असोज २०७४

ओखलढुंगा–ओखलढुंगाका पाँच स्थानीय तहमा बैँक सेवा नहुदाँ जनप्रतिनिधि तथा सर्बसाधरण मारमा परेका छन् ।  एक नगरपालिकासहित ७ स्थानीय तह रहेको ओखलढुंगाका तीन तहमा मात्र बैँकिङ सेवा उपलब्ध छ । अन्य पाँच तहमा भने कुनै बैँक पनिपुग्न सकेका छैनन् । जसका कारण त्यस क्षेत्रका जनप्रतिनिधि,कर्मचारी तथा  सर्वसाधरणहरु बैक खोज्दै सदरमुकाम धाउन बाध्य छन् ।
आठ स्थानीय तहमध्ये लिखु, खिजीदेम्बा,चिसंखुगढि,सुनकोशी र चम्पादेबी गाउँपालिकामा कुनै पनि बैक पुग्न सकेको छैन । जिल्लाका पश्चिमी क्षेत्रका लिखु र  खिजीदेम्बा गाउँपालिकाका  सर्बसाधारण ३ दिन लगाएर सदरमुकाममा बैँकिङ सेवाका लागी आउने गरेका छन् ।
१० वर्षे युद्धकालमा विस्तापित भएका बैकहरु अझै पुनःस्थापना नहुँदा स्थानीयलाई समस्या भएको खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए । गाउँपालिकामा बैंक नहुदाँ गाउँपालिकाको खातासमेत सदरमुकाममा रहेका बैंकहरुमा खोल्न बाध्य हुनुपरेको र हरेक आर्थीक कारोबारका लागि सदरमुकाम धाउनै पर्ने बाध्यता रहेको उनको भनाइ छ ।
अहिले जिल्ला सदरमुकाममा राष्ट्रिय वाणिज्य बैंक, कृषि बिकास बैंक, टुरिजम बैंक, सिभिल बैंकलगायत दर्जनबढी निजी तथा बिकास बैंकहरुले सेवा दिइरहेका छन्।  मानेभञ्ज्याङ गाउँपालिकाको मानेभञ्ज्याङ बजारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा र मोलुङ गाउँपालिकाको रामपुर बजारमा मुक्तिनाथ विकास बैंकको शाखाले सेवा दिइरहेका छन्। सरमुकाममा रहेको राष्ट्रिय बाणिज्य बैकमा भने नयाँ पैसा साट्नेहरुको भिड लागेको छ । दशैको समयमा पुरानो भन्दा नया पैसा चलनचल्ति धेरै भएकाले पैसा साट्नेहरुको भिड लागेको राष्ट्रिय बाणिज्य बैक साखा कार्यलय ओखलढुंगाका प्रबन्धक निर्देशक सुमन आचार्यले बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप