बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

बिहीबार, ०५ असोज २०७४, १६ : २०
बिहीबार, ०५ असोज २०७४

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी हुनुभएको हो । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए । 

उपाध्यक्षमा काँग्रेसकै जनजिरा यादवले दुईहजार ६७ मत ल्याएर बिजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी फोरम नेपालका उषादेवी साह एक हजार ४८० मत ल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप