शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोलाले बगाएर एकजनाको मृत्यु

बिहीबार, ०५ असोज २०७४, १६ : १०
बिहीबार, ०५ असोज २०७४

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ स्थित केरुङगा खोला तर्ने क्रममा बगाएर आज एक जनाको मृत्यु भएको छ । 

बिहान ११पश्चिम चितवनको पदमपोखरीस्थित केरुङगा खोला तर्न लाग्दा ख बगाएर अन्दाजी ५० वर्षका सन्तोष भनिने कर्णबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

उनी पर्सा ठोरी घर भई भरतपुर–२२ स्थित नारायण पौडेलको घरमा काम गर्दै आएका प्रहरीको भनाइ छ । 

गीतानगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपाल रानाका अनुसार खोलाले बगाएपछि उनको टाउको ह्यूम पाइपभित्र अड्किएको थियो । 

शवको मुचुल्का गरी परीक्षणका लागि अहिले भरतपुर अस्पतालमा पठाइएको रानाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप