बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जबाट काठमाडौँ ल्याउँदै गरेको लागुपदार्थ नियन्त्रणमा

बिहीबार, ०५ असोज २०७४, १६ : ०२
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । वीरगञ्जबाट काठमाडौँ आउँदै गरेका ना५ख ७२८६ नं। को रात्रिबसबाट प्रहरीले ठूलो परिमाणमा लागुपदार्थ नियन्त्रणमा लिएको छ । 

नियमित जाँचका क्रममा शंका लागेर बसमा यात्रा गरिरहेका दुईजना व्यक्तिबाट डाइजेल्याव, एनार्जन, नोर्फिन गरी ७५० एम्पुल लागुपदार्थ नियन्त्रणमा लिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरीक्षक ऋषिराम घर्तीले जानकारी दिए । 

झोलामा लुकाई छिपाई ल्याएका र जाँचका क्रममा सो परिमाणका लागु पदार्थ भेटिएको उनले जानकारी दिए । लागु पदार्थसंगै नियन्त्रणमा लिएका दुबै जनालाई थप सोधपुछका लागि प्रहरी प्रभाग थानकोटमा पठाइएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप