बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बिहीबार, ०५ असोज २०७४, १५ : ५८
बिहीबार, ०५ असोज २०७४

बैतडी । पहिरो जाँदा बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ । 

पाटन नगरपालिकाको अड्तोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । गएराति पहिरो गएकाले तराईबाट मेलौली र पाटनबाट मेलौलीका लागि छुटेका बस तथा जिप बाटोमै रोकिएका छन् । 

त्यसैगरी मेलौलीबाट आउने सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् । दशैँका लागि घर आएका यात्रु बाटो अवरुद्ध हुँदा समस्यामा परेका हुन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकोे छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप