प्रदेश नम्बर २ को पहिलो महिला मेयर रीना कुमारी साह
बिहीबार, ०५ असोज २०७४, १५ : १२
राैतहट– प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह (कविता) विजयी भएकी छिन् ।
साह नेकपा (माओवादी केन्द्र) को तर्फबाट मेयर पदको उम्मेदवार बनेकी थिइन् ।
निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारलाई भारी मतले पछि पार्दै साह विजयी भएकी हुन् ।
साहले ३९३३ मत प्राप्त गरी मौलापुर नगरपालिकाको मेयर पदमा विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका रविन्द्र पटेलले २१०० मत प्राप्त गरे ।
त्यसैगरी मौलापुर नगरपालिकाको उपमेयर पदमा माओवादी केन्द्रकै गौरिशंकर प्रसाद जयसवालले विजय प्राप्त गरे । जयसवालले ३८९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका उम्मेदवारले १६५० मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम