बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

महानगरीय प्रहरीको अपिल : शंकास्पद गतिविधि देखे, तत्काल खबर गर्नुहोस्

बिहीबार, ०५ असोज २०७४, १५ : ०६
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । नेपाल प्रहरीले शंकास्पद गतिविधि देखेमा तत्काल प्रहरी सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरीले चाडवाडको समयमा आपराधिक घटना बढ्नसक्ने जनाउदै आफ्नो वस्तीमा हो –हल्ला भएमा प्रहरीलाई खवर गर्न अपिल गरेको छ । 

शंकास्पद सामान ओसारपसार भएको शंका लागेमा तथा मदिरा प्रभावमा परि सवारी साधन चलाएको भेटेमा प्रहरीलाई खबर गर्न महानगरीय प्रहरी कार्यालयले अनुरोध गरेको छ । 

जुवा –तास खेलाएको, विष्फोटक प्रदार्थ ओसारपसार तथा प्रयोग गरेको भेटिएमा, बेचविखनमा अनिमियतता वा कालो बजारी गरेको शंका लागेमा प्रहरीमा खबर गर्न सुझाईएको छ । 

पटका तथा अवैधानिक सामानको ओसारपसार गरेको भेटिएमा प्रहरीलाई फोन गरि जानकारी गराउन अनुरोध गरेको छ । 

शंकास्पद गतिविधि देखिएमा नेपाल प्रहरी कन्ट्रोलको १०० तथा एसपी कन्ट्रोलको ९८५१२८०३९१ मा फोन गरि जानकारी दिन अनुरोध गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप