शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मर्चेन्ट्रेड एसिया र सिटी एक्सप्रेसबीच सम्झौता

बिहीबार, ०५ असोज २०७४, १५ : ०१
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–मलेसियाको मर्चेन्ट्रेड एसिया एसडिएन बिएचडी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटेन्स सेवा सुरु सम्वन्धी सम्झौता भएको छ । 

यो सम्झौतापछि मलेसियामा रहेका नेपालीले मर्चेन्ट्रेड एसियाको एकसय भन्दाबढी तथा ४२५ भुक्तानी केन्द्र मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्ने जनाइएको छ । मलेसियाबाट पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रमार्फते भुक्तानी लिन सकिने जनाइएको छ । 

सो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र मर्चेन्टे«ड एसियाका तर्फवाट चिफ मनिसर्भिस विजनेश अफिसर सर्भेसवारन राजा गोपालले हस्ताक्षर गरेका छन् ।

सो सम्भौतापत्रमा दस्तखत गर्दै सर्भेसवारन राजा गोपालले सिटी एक्सप्रेस र मर्चेन्ट्रेड एसियावीचको सम्झौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप