शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डिसहोमको ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस्’ च्यानल सुरु

बिहीबार, ०५ असोज २०७४, १४ : ३१
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जनात्मक सामाग्री प्रशारण गर्ने क्रममा आफ्नै नयाँ च्यानलको प्रशारण सुरु गरेको छ । असोज ४ गतेवाट डिसहोमले ‘रमाईलो टिभी’ र ‘एक्सन स्पोर्टस्’ च्यानलको प्रशारण सुरु गरेको हो । 

डिसहोमको च्यानल नं १०४ मा प्रशारण हुने रमाईलो टिभीमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका चर्चित हिन्दी टेली श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्री प्रशारण हुने जनाइएको छ । यसैगरी डिसहोमको च्यानल नं १०५ मा प्रशारण हुने स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्समा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रशारण, विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलहरु तथा खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रशारण हुनेछ । 

पूर्णरुपमा खेलकुद प्रति समर्पित यस च्यानलमार्फत देशको कुनै पनि कुनामा संचालन हुने खेल प्रतियोगिताहरु खेलप्रेमीले प्रत्यक्ष रुपमा हेर्न पाउने जनाइएको छ । डिसहोमका यी नयाँ च्यानल हेर्न प्लस प्याकेज लिनुपर्ने जनाइएको छ ।

बेसिक, मिडियम, डिलक्स र सुपर एचडी प्याकेज हेरिरहेका ग्राहकले न्युन रकम थप गरेर बेसिक प्लस, मिडियम प्लस, डिलक्स प्लस वा सुपर एचडी प्लस प्याकेज लिन सक्ने जनाइएको छ । प्लस प्याकेजमा रमाईलो टिभी र एक्सन स्पोर्ट्स च्यानलका अलावा ग्राहकले नेपाली चलचित्र प्रशारण हुने प्लस मुभि, सांगितिक च्यानल, कार्टुन च्यानल तथा अन्य डिसहोमका च्यानल हेर्न पाउने जनाइएको छ ।

डिसहोमले दशैं तथा तिहारमा उपभोक्ता माझ ‘खुसी अन गरौं’  नामक योजना पनि ल्याएको छ । यस योजना अन्र्तगत ग्राहकले  ५ हजार ९ सय ९९ पर्ने डिशहोमको हाईब्रिड एचडी कनेक्सन खरिद गर्दा ३ हजार छुट प्राप्त गरी २ हजार ९ सय ९९ मै जोड्न सक्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप