शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

त्रिभुवन विमास्थलमा सामान हराउने तथा लगेज टुटफुटमा कमी आएको प्रहरीको दावी

बिहीबार, ०५ असोज २०७४, १४ : २७
बिहीबार, ०५ असोज २०७४

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको सामान हराउने तथा लगेजमा टुटफुट हुने क्रममा उल्लेख्य कमी आएको बताएको छ । 

विदेशबाट नेपाल फर्कने यात्रुहरुको सामान हराउने तथा लगेज खोलिएको घटना बढ्न थालेपछि प्रहरीले निगरानी बढाएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल इकाइले जानकारी गराएको छ । यात्रुहरुको गुनासोलाई मध्य नजर गरि विमानहरु ल्यान्डिङ हुनासाथ लोडरहरुलाई निगरानी बढाएपछि सामान हराउने क्रममा उल्लेख्य कमी आएको त्रिभुवन विमानस्थलका प्रमुख डिआईजी पंकज श्रेष्ठले जानकारी गराए । 

विमान ल्याण्डिङ भएपछि सामान सार्ने क्रममा कार्यरत कर्मचारीले तीव्र गतिमा यात्रुको सामान खोतल्ने र निकाल्ने गरेको पत्ता लागेको डिआइजी श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार विमानस्थलमा कार्यरत फरक फरक कम्पनीका कर्मचारीहरु उक्त कार्यमा सक्रिय रहेको भेटिएको हो । 

लगेजमा सामान चोर्ने क्रममा व्यागको चेन खोल्ने गरेको भेटिएको छ । तत्काल निकाल्न मिल्ने  सामानलाई चोरी गर्नेहरुले दुई मिनेटमा निकालीसक्ने प्रहरी बताएको छ । विमानस्थल प्रहरीले लोडरहरुलाई निगरानी बढाउन प्रहरीको शरीरमा गोप्य क्यामेरा जडान गरि निगरानी गरेको थियो । सामानलाई ट्रलीमार्फत लोड गर्ने क्रममा कार्यरत कर्मचारीले चोर्ने गरेको श्रेष्ठले बताए । 

गत असौजको अन्तिममा साउदी अरबबाट स्वदेश फर्केका १८ नेपाली युवाको एकैपटक विमानस्थलबाट लगेज चोरी भएको थियो । प्रहरीले उक्त घटना छानविन गर्न पाँच सदस्यीय टोली गठन गरेको थियो । 

तर, छानविन समितीले अनुसन्धानबाट  विमानस्थलमा कुनै घटना नभएको प्रतिवेदन बुझाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप