शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोहिङ्गालाई सहायता पुर्याउन गएको ट्रक दुर्घटनामा नौ जनाको मृत्यु

बिहीबार, ०५ असोज २०७४, १४ : ०७
बिहीबार, ०५ असोज २०७४

बङ्गलादेश । म्यानमारबाट विस्थापित भएर बङ्गलादेशमा शरणार्थीका रुपमा बसेका रोहिङ्गालाई सहायता पु¥याउन गएको रेडक्रसको ट्रक नै दुर्घटनामा परेको छ । 

सो ट्रक बङ्गलादशेको कोक्स बजार नजिकैको एक सानो नगरमा दुर्घटनामा परेको हो । त्यसमा परी उक्त ट्रकमा रहेका कम्तीमा पनि नौ जना सहायताकर्मीको ज्यान गएको छ । 

उक्त क्षेत्रभन्दा केही परमात्र कम्तीमा पनि ४ लाख २० हजारजना रोहिङ्गा बसिरहेका छन् । प्रहरीका अनुसार रेडक्रसको उक्त ट्रकमा रहेका नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । 

त्यस ट्रकमा रहेका प्राय सबैजना मजदुरहरु थिए । उनीहरु ती शरणार्थीलाई खाद्यान्न लगायतका सामाग्री बितरणका लागि त्यहाँ जान लागेको थिए । 

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदीको किनार र केही पर उनीहरु बस्दै आएका छन् । उनीहरुलाई खाद्यान्न तथा आधारभूत वस्तुहरुको पनि खाँचो रहेको बताइएको छ । 

उक्त क्षेत्रमा रेडक्रस र अन्य विदेशी सहायता संस्थाहरुले उनीहरुलाई खाद्यान्न, पानी, औषधि एवम् लत्ताकपडा पु¥याइरहेका छन् । 

म्यानमारमा त्यहाँको सेनाले उनीहरुमाथि कारबाही गरेपछि रोहिङ्गा मुस्लिम समुदायका नागरिक देश छोडेर बङ्गलादेश पुगेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप