बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जलेश्वर नगरपालिका–१० मा राप्रपा विजयी

बिहीबार, ०५ असोज २०७४, १३ : ५४
बिहीबार, ०५ असोज २०७४

गौशाला । राष्ट्रिय प्रजातन्त्र पार्टीले जलेश्वर नगरपालिका–१० मा विजयी भएको छ । 

जलेश्वर नगरपालिका–१० को वडाध्यक्षमा राप्रपाका विकाऊ दासले २८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपाका रुदल ठाकुरले १७७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले बताए । 

जलेश्वर–२ मा स्वतन्त्र उम्मेदवार विजयी 

यसैगरी जलेश्वर नगरपालिका–२ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । 

स्वतन्त्र उम्मेदवार बरुण दाहालले २९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक फोरम नेपालका शिवचन्द्र चौधरीले २४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप