बर्दिबासमा विशाल कलश यात्रा
महोत्तरी– महोत्तरीको बर्दिबास नगरपालिकामा घटस्थापनाको अवसरमा बिशाल कलश यात्रा निकालिएको छ । तराइ मधेशका महोत्तरी लगयात धनुषाका विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।
बर्दिबास नगरपालिका पशुपतिनगरमा रहेको दुर्गा मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले नगरका बिभिन्न भागको परिक्रमा गदै रातू खोलामा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामकेवल महतोले बताए ।
हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका दुर्गा भवानीको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ । यो पर्वमा प्रतिमाको रुपमा काली,दुर्गा लगायत सात सहेली र एक भाइ गणेश मानेर पुजाआजा गर्ने परम्परा रहेको छ ।
पुजाको छैटौं दिन अर्थात षष्टिको दिन बेलनौती हुन जाने र सप्तमीका दिन बेलटुट्टी भएर आउने तथा अष्टमीदेखि दशमीसम्म खसी बोकाको बलि एवं नाचगान तथा मेला लाग्ने गरेको छ । अन्तिम दिन मेला बिषर्जन तथा दहन कार्यक्रम गर्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?