बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दुई भाषामा बन्ने भो ‘आँ छु यायँ’

बिहीबार, ०५ असोज २०७४, १२ : ०९
बिहीबार, ०५ असोज २०७४

काठमाडौ - जिमिगु सः फिल्म प्रोडक्शनले नयाँ प्रविधिको प्रयोग गर्दै ठूलो लगानीमा नेवारी चलचित्र ‘आँ छु यायँ’निर्माण गर्ने घोषणा गर्यो ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माता प्रकाशलाल जोशीले चलचित्र निर्माणको घोषणा गरेका हुन् । चलचित्र ४० देखि ५० लाखको बिचमा निर्माण हुने उनले कार्यक्रममा जानकारी दिए ।
चलचित्र समिर बलामीले निर्देशन गर्न लागेका हुन् । कलाकार छनौट भइरहेको चलचित्र पोखरा, मनाङ, मुस्ताङ र काठमाडौं उपत्यकामा छायांकन हुनेछ ।
चलचित्र नेपाली र नेवारी दुवै भाषामा निर्माण हुन लागेको हो । निर्देशक बलामीले आफूले नेवारी भाषा सबै नबुझेपनि चलचित्रलाई भने न्याय गर्ने बताए । 
निर्माता जोशीले पहिलो पटक ठूलो लगानी र क्यानभासमा नेपाल भाषा (नेवारी) चलचित्र बनाउन लागेका बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप