शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘एकलव्य’की सुमनको यस्तो छ लक्ष्य

बिहीबार, ०५ असोज २०७४, १२ : ०५
बिहीबार, ०५ असोज २०७४

काठमाडौं –सुमन ढकाल चलचित्र ‘एकलव्य’की हिरोइन् हुन् । अनमोल शर्मा निर्देशित यो चलचित्र उनले भर्खर सकाएकी हुन् । चलचित्र हट एण्ड क्युट अभिनेत्रीको रुपमा आफु प्रस्तुत भएको उनले बताइन् । 
हुन त ‘एकलब्य’ उनको डेब्यु चलचित्र भने होइन । यस अगाडि पनि उनले केही चलचित्र अभिनय गरेकी थिइन् । तर कुनै पनि चलचित्र प्रदर्शनमा नआएकोले उनी आफुलाई फ्रेस नै भन्न रुचाउछिन् ।
फ्रेस भन्नु उनको बाध्यता पनि हो । आफुले अभिनय गरेको चलचित्र प्रदर्शनमा नआउँदा उनी दुखी पनि छिन् । उनले अभिनय गरेको चलचित्र प्रदर्शनमा नआउनुको पनि कारण छ । चलचित्र भित्र हुने बिभिन्न राजनीतिको आफ्नो चलचित्र सिकार भएको उनी सुनाउछिन् ।
उनले लोक, आधुनिक गीतको म्युजिक भिडियो हुँदै चलचित्र यात्रा थालेकी हुन् । ‘म यस्तो गीत गाउछु’ चलचित्रको ‘भन्छु आज मनका कुरा सुन्छेउ भने तिमि......’कबर भिडियोमा समेत अभिनय गरेकी उनी अभिनय, नृत्य लगायतको औपचारिक ज्ञान सहित कलाकारितामा होमिएकी हुन् । चलचित्रकी सफल नायिका बन्ने लक्ष्य सहित कलाकारितामा आफु  होमिएको उनले खुलाइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप