शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१८ स्थानीय तहको परिणाम आउँदा कांग्रेस अगाडि, एमाले दोस्रो (सूचीसहित)

बिहीबार, ०५ असोज २०७४, ११ : ५९
बिहीबार, ०५ असोज २०७४

काठमाडौं– प्रदेश २ मा भएको स्थानीय तहको निर्वाचन परिणाममा नेपाली कांग्रेस र नेकपा एमालेले अग्रता लिएका छन् । १३५ मध्ये १८ स्थानीय तहको अन्तिम मतपरिणाम आउँदा कांग्रेस अगाडि छ भने एमालेले उसलाई पछ्याइरहेको छ । कांग्रेसले ६ र एमालेले चार स्थानीय तह हात पारेका छन् । माओवादी, राजपा, संघीय फोरम र फोरम लोकतान्त्रिकले दुईरदुई स्थानीय तह जितेका छन् ।
कांग्रेसले जितेका स्थानीय तह
–जनकनन्दिनी गाउँपालिका,धनुषा
–नवराजपुर गाउँपालिका,सिरहा
– धनकौला गाउँपालिका
–औरही गाउँपालिका,धनुषा
–बिष्णुपुर गाउँपालिका,सप्तरी
–परोहा नगरपालिका, रौतहट
एमालेले जितेका स्थानीय तह
–सप्तकोशी नगरपालिका,सप्तरी
–बटेश्वर गाउँपालिका,धनुषा
–मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
–पटेर्वा सुगौली गाउँपालिका,पर्सा
माओवादीले जितेको स्थानीय तह
–कर्जन्हा नगरपालिका,सिरहा
–अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह
–विष्णुपुर गाउँपालिका,सिरहा
–भगवानपुर गाउँपालिका, सिराह
राजपाले जितेका स्थानीय तह
–हंशपुर नगरपालिका,धनुषा
–कौडेना गाउँपालिका,सर्लाही
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
–इशानाथ नगरपालिका,रौतहट
–बिष्णु गाउँपालिका,सर्लाही
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप