बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सहकर्मी नेपालीको हत्या आरोपित एक नेपाली पोर्चुगलमा पक्राउ

बिहीबार, ०५ असोज २०७४, ११ : ५५
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–गत साता नेपालीको हत्या गर्ने एक नेपालीलाई पोर्चुगलमा पक्राउ गरिएको छ । पोर्चुगलको राजधानी लिस्वनमा एक चाईनिज कम्पनीमा कार्यरत सहकर्मीलाई हत्या गरि फरार अर्जुन  सापकोटालाई पक्राउ गरिएको हो । 
 पर्वत घर भई पाँच वर्ष देखि पोर्चुगलमा कार्यरत  हरि बहादुर जिसीको हत्या गरि    सापकोटा फरार भएका थिए ।  
 पोर्चुगल एनआरएनका निवर्तमान अध्यक्ष भिम केसी कमललाई अन्जु गजुरेलले दिएको स्रोतको आधारमा  सापकोटा प्रक्राउ परेको बताइएको छ । केसीले पोर्चुगल प्रहरीलाई खबर गरि अर्जुन सापकोटा रहेको पोखरा रेष्टुरेन्टबाट  पक्राउ गरिएकोे थियो । 
धादिङ्ग घर भएका  सापकोटा पोर्चुगलमा  १ वर्ष अगाडी पुगेका थिए ।  मृतक  जिसी संगै नेपालीहरु कार्यरत चाईनिज रेष्टुरेन्टमा सापकोटा पनि कार्यरत थिए । मृतक  जिसीका सहोदर भाई ओम बहादुर जिसीसंग भएको बिबादमा  सापकोटाले जिसी दाजुभाईलाई आक्रमण गरेका थिए । 
कामको बिषयमा भएको आपसी बिबादले उग्र रुप लिएपछि सापकोटाले जिसीलाई चक्कु प्रहार गरि हत्या गरेका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप