शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंकाको चोली टाइट हुँदा बबाल

बिहीबार, ०५ असोज २०७४, ११ : ५२
बिहीबार, ०५ असोज २०७४

काठमाडौं – १७ कात्तिकबाट प्रदर्शनमा आउने प्रियंका कार्की र सौगात मल्लको रोमान्स रहेको चलचित्र ‘फाटेको जुत्ता’को दोस्रो गीत रिलिज भएको छ ।
बुधवार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले गीत रिलिज गरेको हो । ‘चोली’ बोलको सार्वजनिक गीतमा प्रियंका निकै हट देखिएकी छन् । 
मिना निरौला र शंकर थापाको स्वर, शंकर थापाकै संगीत र डिपी खनालको शब्द रहेको गीतका कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । 
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’मा निकेश खड्काको निर्देशन रहेको छ । चलचित्रमा प्रियंका र सौगातका अलावा कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
प्रवेश मल्लिक र शंकर थापाको संगीत, कविराज गहतराज र राजिव समरको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व चलचित्रमा रहेको छ ।
कार्यक्रममा अभिनेत्री प्रियंंकाले ‘चोली’ गीत छायाचार दिन रात लगाएर गति खिचिएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप