बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषाका १८ मध्ये ५ तहको नतिजा सार्वजनिक, कहाँ को विजयी ?

बिहीबार, ०५ असोज २०७४, ११ : २९
बिहीबार, ०५ असोज २०७४

धनुषा– धनुषा जिल्लाका १८ स्थानीय तहमध्ये ५ स्थानीय तहको अन्तिम परिणाम आएको छ । जसमा एमाले २, कांग्रेस २ र राजपा नेपालले १ स्थानीय तहमा विजयी हासिल गरेका छन् । धनुषामा जनकपुर उपमहानगरसहित ११ नगरपालिका र ६ गाउँपालिका रहेका छन् ।
अन्तिम मत परिणाम आएकामध्ये औरहीको प्रमुखमा कांग्रेसका ब्रम्हदेव यादव र उपप्रमुखमा मिरा सहनी विजयी भएका छन् । धनुषाकै जनकनन्दिनीमा कांग्रेसका मोहम्मद वारिक शेष प्रमुख र उपप्रमुखमा कांग्रेसकै भारती कार्की विजयी भएका छन् । 
त्यस्तै यो जिल्लामा एमालेबाट बटेश्वर गाउँपालिकामा डम्बरबहादुर राउत र उपप्रमुखमा इन्दिरा सिंह तथा धनुषाको मुखियापट्टिमा एमालेका मनोजकुमार यादव विजयी भएका छन् ।
राजपा नेपालका उम्मेदवार धनुषाको हंसपुर नगरपालिकामा रामज्ञान मण्डल मेयर र रेणु झा उपमेयरमा विजयी भएका छन् । अन्य जिल्लाका स्थानीय तहमध्ये धनुषाका स्थानीय तहको मतगणना केही छरितो ढंगले भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप